खेलकुद

    Showing ३११-३२० of ५७५ items.
  • लिग–२ क्रिकेट : नेपाल आज नेदरल्यान्डसँग खेल्दै

    इटहरी डेस्क ।  आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको चौथो श्रृङ्खलामा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ। स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा नेपाली समयअनुसार पौने ४ बजे खेल सुरु हुनेछ। यो श्रृङ्खलाको अन्तिम खेलका रूपमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ। यस श्रृखलामा नेपालले चार अङ्क जोडेको छ।पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा भने नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित भएको थियो। हालसम्म नेपाल र नेदरल्यान्ड्सबीच भएको एकदिवसीय अन्तर्राष्ट्रियमा ६ खेल भएका छन् जसमा ३ जित नेपालले दर

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • ४२४ पटक पढिएको
  • बाग्लुङलाई तेक्वान्दो च्याम्पियनसिपको उपाधि, भक्तपुर र रुपन्देहीले गरे उत्कृष्ट प्रदर्शन

    मोरङ -पथरी शनिश्चरे / मोरङको कानेपोखरी गाउँपालिकामा सम्पन्न १०औं राष्ट्रिय सि.एच. आईटिएफ तेक्वान्दो च्याम्पियनसिप– च्याम्पियन उपाधि बाग्लुङ जिल्लाले हात पारेको छ।कानेपोखरी–६ स्थित जनसेवा माध्यमिक विद्यालयको प्राङ्गणमा १७ गते सम्पन्न समापन समारोहमा बाग्लुङले २० स्वर्ण पदक जित्दै च्याम्पियन बन्ने गौरव प्राप्त गर्‍यो। साथमा बाग्लुङले १५ हजार नगद, ट्रफी र मेडल प्राप्त गर्‍यो।प्रतियोगिता कोशी प्रदेश सि.एच. आईटिएफ तेक्वान्दो संघको आयोजनामा पहिलोपटक कानेपोखरीमा आयोजना गरिएको हो।उपविजेता टोलीहरू भक्तपुर जिल्ला: १४ स्वर्ण पदक जित्दै फस्ट रनरअप, १० हजार नगदसहित ट्रफी र मेडल प्राप्त रुपन्देही

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • ५२७ पटक पढिएको
  • नेपाल बनाम नेदरल्याण्ड्स आज लिग-२ भिडन्त, सम्मान जोगाउनैपर्ने खेल

    इटहरी — विश्वकप लिग–२ मा संघर्ष गरिरहेको नेपाली क्रिकेट टिम आज नेदरल्याण्ड्ससँग स्कटल्याण्डको डुनडीमा भिड्दैछ। खेल नेपाली समयअनुसार अपराह्न ३:४५ बजे सुरु हुनेछ।सिरिजको पहिलो खेलमा स्कटल्याण्डलाई एक विकेटले हराउँदै आत्मविश्वास बढाएको नेपालका लागि आजको खेल निर्णायक सावित हुन सक्छ। अहिलेसम्म नेपाल र नेदरल्याण्ड्सबीच भएका ५ एकदिवसीय खेलमध्ये नेपालले २ जितेको छ भने ३ खेल नेदरल्याण्ड्सले जितेको छ।१३ खेलबाट ८ अंकसहित नेपाल अंक तालिकाको सातौं स्थानमा छ। नेदरल्याण्ड्स २० खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ। अमेरिका २८ अंकसहित शीर्ष स्थानमा रहेको छ।आज मैदानमा कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • ५२५ पटक पढिएको
  • खेलाडीलाई बिदाइ गर्दै मन्त्री चौधरीले भने: सके जित्नू, नसके बराबरी गर्नू

    इटहरी डेस्क ।  एएफसी एसियन कप २०२७ को छनोटअघि हङकङसँगको मैत्रीपूर्ण खेलका लागि त्यसतर्फ जाने नेपाली टोलीको बिदाइ गरिएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार एक कार्यक्रम गर्दै नेपाली टोलीको बिदाइ गरेको हो। खेलाडीलाई बिदाइ गर्दै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सकेसम्म जितेर आउन र नसके बराबरीमा रोकेर आउन शुभकामना दिए।टोलीलाई मन्त्री चौधरी, एन्फा महासचिव किरण राईसहितका पदाधिकारीले बिदाइ गरेका थिए। छनोटका लागि २३ खेलाडीसहित ३८ सदस्यीय टोली हङकङ जानेछ।एसियन कप छनोट र हङकङसँगको मैत्रपूर्ण खेलका लागि मुख्य प्रशिक्षक म्याट रोसले सोमबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरिसकेका छन्।

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • ५०१ पटक पढिएको
  • १७ वर्षपछि टोटनह्यामलाई युरोपा लिगको उपाधि

    एजेन्सी ।  म्यानचेस्टर युनाइटेडलाई हराउँदै टोटनह्यामले १७ वर्ष लामो उपाधिको प्रतीक्षा अन्त्य गरेको छ।बुधबार राति स्पेनको सान मामेस स्टेडियममा भएको युरोपा लिगको फाइनलमा युनाइटेडलाई १–० गोल अन्तरले जित्दै टोनटह्यामले उपाधि हात पारेको हो।टोटनह्यामले यो तेस्रोपटक युरोपा लिग उापधि जितेको हो। यसअघि टोटनह्यामले सन् १९७२ र १९८४ मा उपाधि जितेको थियो। टोटनह्यामलाई उपाधि दिलाउन ब्रेनन जोन्सनले निर्णायक गोल गरे। पहिलो हाफको ४२ औँ मिनेटमा ब्रेननले गरेको गोल नै निर्णायक बन्यो। युरोपा लिग च्याम्पियन बनेसँगै टोटनह्यामले अर्को सिजनको च्याम्पियन्स लिगमा समेत स्थान बनाएको छ। च्याम्पियन्स लिगमा छनोट भएप

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • ५७२ पटक पढिएको
  • देवीगञ्ज एफसी दोस्रो पथरी शनिश्चरे नगर खेलकुद फुटबल च्याम्पियन -

     मोरङ -पथरी शनिश्चरे – बैशाख ३१दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव–२०८२ अन्तर्गत पुरुष फुटबलको उपाधि देवीगञ्ज एफसीले उचालेको छ। पथरी शनिश्चरे–१ स्थित जाँते मोडको प्रस्तावित रंगशालामा आज सम्पन्न फाइनल खेलमा देवीगञ्जले प्रभात सामुदायिक फुटबल क्लबलाई ट्राईबेकर हुँदै सडेन डेथमा पराजित गर्दै उपाधि हात पारेको हो।खेलको निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएपछि ट्राईबेकरमार्फत निर्णय लिइएको थियो। ट्राईबेकरबाट पनि खेल बराबरी भएपछि सडेन डेथमा पुगेको खेलमा देवीगञ्ज विजयी बन्न सफल भयो।फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका देवीगञ्जका जोसन कार्की म्यान अफ द म्याच घोषित भए भने गोल्डेन बुट प्रभात

    • प्रकाशित मितिः जेठ १, २०८२
    • ६०६ पटक पढिएको
  • पथरीशनिश्चरे खेलकुद महोत्सव:पुलचोकलाई ५-१ ले पराजित गर्दै देविगन्ज सेमिफाइनलमा प्रवेश

    मोरङ ,पथरीशनिश्चरे, बैशाख २६ — नगर खेलकुद महोत्सवअन्तर्गत पथरीशनिश्चरेमा आज सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा देविगन्ज फुटबल क्लबले पुलचोक फुटबल क्लबलाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।खेलको १० औं मिनेटमा देविगन्जले पहिलो अवसर गुमाएको थियो, जब बल पोलमा ठोक्किएर बाहिरिएको थियो। त्यसपछि १२ औं मिनेटमा पुलचोकका गोलरक्षक क्रिस धिमालले उत्कृष्ट बचाउ गरेका थिए।२९ औं मिनेटमा पुलचोकका डिफेन्डर राजन धिमालको आत्मघाती गोलका कारण देविगन्जले १-० को अग्रता लिएको थियो। ३१ औं मिनेटमा कप्तान सन्तोष न्यौपानेले थप गोलको प्रयास गरे पनि बल पुनः पोलमा ठोक्किएर बाहिरिएको थियो।दोस्रो ह

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • ७७३ पटक पढिएको
  • वडा नं १ लाई वडाध्यक्ष नकआउट फुटबल प्रतियोगिताको उपाधि

    पथरी शनिश्चरे, चैत २५-- पथरी शनिश्चरे नगरपालिका वडा नं १ द्वारा आयोजना गरिएको प्रथम वडाध्यक्ष वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक टोली वडा नं १ ले जितेको छ।सोमबार जाँते रोडस्थित खेलमैदानमा सम्पन्न फाइनल खेलमा वडा नं १ ले वडा नं ९ लाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्‍यो। खेलको निर्धारित समयको ८औं मिनेटमा वडा नं १ का रवीन राईले गरेको गोल नै खेलको एकमात्र निर्णायक गोल बन्यो।उपाधिसँगै वडा नं १ ले नगद ३१ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्‍यो भने उपविजेता वडा नं ९ ले नगद २१ हजार रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गरेको छ।फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं १ का

    • प्रकाशित मितिः चैत २५, २०८१
    • ५९९ पटक पढिएको
  • सेमिफाइनलमा वडा नं. ९ विजयी, फाइनलमा वडा नं. १ सँग भिडन्त

    पथरी शनिश्चरे, चैत २४पथरी शनिश्चरे नगरपालिका वडा नं. १ वडा कार्यालयको आयोजनामा सञ्चालित प्रथम वडाध्यक्ष कप वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल चरणमा वडा नं. ९ ले जित हासिल गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।शनिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा वडा नं. ९ ले वडा नं. २ लाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा वडा नं. ९ का खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्न सफल भए।वडा नं. २ का खेलाडी निरोज (काउली) निर्णायक पेनाल्टीमा गोल गर्न असफल भएका थिए, जसले टिमको

    • प्रकाशित मितिः चैत २४, २०८१
    • ७८९ पटक पढिएको
  • पथरी शनिश्चरेमा चौथो राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता सञ्चालन हुँदै

    मोरङको पथरी शनिश्चरेमा यही चैत्र २७ गतेदेखि चार दिनसम्म सहिद रत्न कुमार बान्तवा चौथो राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता - २०८१ तथा पाँचौं मिस्टर काठमाडौँ प्रकाश राई मेमोरियल फिडे ब्लिच रेटिङ चेस टुर्नामेन्ट सञ्चालन हुने भएको छ।आज सिनभिलेज पार्टी प्यालेसमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त प्रतियोगिताबारे जानकारी गराइएको हो। ‘सृजनाशील र स्वस्थ्य दिमागका लागि बुद्धिचाल’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिता फ्रेन्डसिप चेस क्लब, पथरी शनिश्चरे - ०१ को आयोजनामा हुन लागेको हो। क्लबका सचिव लोक सागर साम्बाले बुद्धिचालको माध्यमबाट नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन र खेलाड

    • प्रकाशित मितिः चैत १८, २०८१
    • ६५५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल