इटहरी डेस्क । एएफसी महिला एसियन कप छनोटको समुह चरणमै नेपाली राष्ट्रिय महिला फुटबल टोली टुंगिएको छ। उज्बेकिस्तानसँगको रोमाञ्चक खेलमा टाइब्रेकरमा ४–२ ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। निर्धारित समयको खेल ३–३ को बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमार्फत लिइएको थियो।पहिलो हाफमा ३–१ ले पछि परेको नेपालले दोस्रो हाफमा दुई गोल फर्काउँदै खेललाई बराबरीमा ल्यायो। कप्तान सावित्रा भण्डारी साम्बाले दुई गोल गर्दै टोलीलाई पुनः खेलमा फर्काइन्, भने उनले नै साम्बाले ह्याट्रिक पूरा गरिन्। टाइब्रेकरमा गीता राना र सविता रानामगरले गोल गरे पनि सावित्रा र गोलकिपर अञ्जना राना मगर असफल भइन्।खेलको सुरुवातम
इटहरी डेस्क । नेपाल र उज्बेकिस्तानबीच जारी महिला एसियन कप छनोट खेल रोचक बनेको छ। पहिलो हाफमा ३–१ ले पछि परेको नेपालले दोस्रो हाफको ७१औँ र ७३औँ मिनेटमा गोल गर्दै ३–३ को बराबरीमा ल्याएको हो। ७१औँ मिनेटमा सावित्रा भण्डारी साम्बाले व्यक्तिगत दोस्रो गोल गरिन्। ७३औँ मिनेटमा पुन: गोल गर्दै उनले ह्याट्रिक पूरा गरेकी हुन्।खेलको २४औँ मिनेटमा साम्बाले नेपालको खाता खोलेकी थिइन्। उज्बेकिस्तानले दोस्रो, ११औँ र पहिलो हाफको इन्जुरी समयमा नेपालविरुद्ध गोल गरेको थियो।
इटहरी डेस्क । एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको अन्तिम खेलमा आज नेपालले घरेलु टोली उज्बेकिस्तानको सामना गर्दैछ ।खेल उज्बेकिस्तानको तास्केन्तस्थित मिल्ली स्टेडियममा नेपाली समय अनुसार राती सवा ९ बजे सुुरु हुनेछ । समूह एफमा अपराजित रहेका दुवै टोली अन्तिम खेल जित्दै महिला एसियन कपमा छनोट हुने लक्ष्यमा छ ।यस खेलको विजेता नै समूह विजेता बन अर्को वर्षमा मार्चमा अष्ट्रेलियामा हुने महिला एसियन कपमा छनोट हुनेछ । त्यसैले दुवै टोलीलाई आजको खेल ‘डु अर डाई’को अवस्थामा छ ।आजको खेल किन पनि रोमाञ्चक स्थितिमा छ भने समूह चरणको खेल भएपनि यो खेल पेनाल्टी सुटआउटसम्म पुग्न सक्छ । अहिलेसम्म दुवै टोलील
काठमाडाैं । एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र घरेलु टोली उज्वेकिस्तान जित्नै पर्ने दबाबमा छन्। अर्को वर्ष अस्ट्रेलियामा हुने महिला एसियन कपमा पुग्नका लागि समूह एफ को विजेता बन्न आवश्यक छ।समूह एफ बाट नेपालसँगै उज्वेकिस्तानले दाबेदारी प्रस्तुत गरिरहेका हो। समूह एफ बाट लाओस र श्रीलंका लगातार दोस्रो हार व्यहोर्दै एसियन कप छनोटको दौडबाट बाहिरिसकेका छन्। समूह चरणमा लगातार दोस्रो जित निकालेका नेपाल र उज्वेकिस्तानको समान ६ अंक छ। यी दुई टोलीले २ खेलमा समान १७ गोल गरेका छन्। समूह चरणको अन्तिम खेलमा शनिबार नेपाल र उज्वेकिस्तान भिड्दैछन्। यो खेलको विजेताले सिधै एसियन
इटहरी डेस्क । उज्वेकिस्तानमा जारी एएफसी एसियन कप महिला छनोटमा श्रीलंकालाई हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। बुधबार भएको समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलंकामाथि ८-० को फराकिलो जित हात पारेको हो। नेपालको जितमा कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक पूरा गरिन्। त्यस्तै डिफेन्डर गीता रानाले २ तथा निशा थोकर, रेखा पौडेल र पूजा रानाले समान एक गोल गरे। पहिलो हाफमा ४-० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा ३ गोल थपेको छ। पहिलो हाफको सातौँ मिनेटमा नेपालकी अनिता बस्नेतको कर्नरमा गीता रानाले हेडर गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन्। पहिलो हाफको २० औँ मिन
इटहरी डेस्क । स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले कप्तानी पाएको खेलमा नेपालले लाओसमाथि सानदार जित दर्ता गरेको छ। एएफसी एसियन कप छनोट अन्तर्गत समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० को फराकिलो जित दर्ता गरेको हो। नेपालको जितमा साम्बाले पाँच गोल गरिन्। अनिता बस्नेत, सरु लिम्बु, रश्मी कुमारी घिसिङ र अनिता केसीले समान एक गोल गरे।खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको खेलमा नेपालले दोस्रो हाफमा ७ गोल थप्यो। पहिलो हाफको १२ औँ मिनेटमा अनिता बस्नेतको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो। सविता रानामगरको लामो क्रसमा रश्मीले सावित्रा भण्डारीलाई दिएको पासमा साम्बाले नै
इटहरी । आइसीसी टी–२० आई वरियतामा बलिङतर्फ नेपाली क्रिकेटर सन्दीप लामिछानेले एकैपल्ट ४१ स्थान सुधार गरेका छन् । यसअघि शीर्ष एक सयमा नअटाएका सन्दीप स्कटल्याण्ड सिरिजपछि ४१ स्थान सुधार गर्दै ७५ औं स्थानमा आइपुगेका हुन् । सन्दीपले स्कटल्याण्ड र नेदरल्याण्ड्सविरुद्ध राम्रो प्रदर्शन गरेका थिए । बलिङतर्फ नै ललित राजवंशी पनि २९ स्थान सुधार गर्दै ५४ औं स्थानमा उक्लिएका छन् । दीपेन्द्रसिंह ऐरी ८०औं स्थानमा छन्।टी–२० आईको ब्याटिङतर्फ १० स्थान सुधार गर्दै कुशल भुर्तेल ८३औं स्थानमा रहँदा कप्तान रोहित पौडेल ६६, दीपेन्द्रसिंह ऐरी ६१ र आसिफ शेष ७७ स्थानमा छन् । टी–२०आईको अलराउण्डर वरियतामा दीपेन्द्र तेस्रो स्
इटहरी । मलेसियामा आज (आइतबार) देखि एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ।एसियाली क्रिकेट परिषद् (एसिसी) को वार्षिक कार्यतालिका अनुसार उक्त प्रतियोगिता हुन लागेको हो। नेपालले आफ्नो पहिलो खेल आज सिंगापुरसँग खेल्दैछ। मलेसियाको युकेएम ओभलमा खेल नेपाली समय अनुसार बिहान पौने ८ बजे सुरु हुनेछ। नेपाली टोलीको कप्तानी विपिनप्रसाद शर्माले गरेका छन्।नेपाली टोलीको उपकप्तानमा सुर्याशुं कोइराला तथा अन्य खेलाडीमा परिमार्जन यादव, शिवान्श बजगाईं, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशिल रावल, शुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शाही छन्।
सुनसरी - स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० शृङ्खलामा नेपालले आफ्नो तेस्रो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको छ। डच टोलीले ७ विकेट गुमाएर १७४ रन बनाएको लक्ष्य नेपालले ४ विकेट गुमाएर पूरा गर्यो। कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए। नेपालका करण केसीले २ विकेट लिए। यसअघि नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग हार र दोस्रो खेलमा स्कटल्यान्डसँग जित निकालेको थियो।
इटहरी डेस्क । स्कटल्यान्डले नेपाललाई ९८ रनको विजयी लक्ष्य दिएको छ। स्कटल्यान्डमा जारी त्रिदेशीय टी २० श्रृंखलामा घरेलु टिम स्कटल्यान्डले नेपाललाई ९८ रनको सामान्य लक्ष्य दिएको हो।तितवुड क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड १९.४ ओभरमा अलआउट हुँदै ९७ रन मात्रै बनायो । स्कटल्यान्डका लागि मिचेल लिस्कले सर्वाधिक ४६ रन बनाए। उनले ४६ बलमा ४ चौका र १ छक्का प्रहार गरे।ओपनरद्वय जर्ज मुन्से र मार्क वाटले क्रमशः ८ र १ रन बनाउँदै पेभेलियन फर्किए। ब्रान्डन म्याकमुलेनले १० रन बनाउँदा कप्तान म्याथ्यु क्रसले १५ रन बनाउँदै पेभेलियन फर्किए।अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन