खेलकुद

    Showing २८१-२९० of ५७५ items.
  • इन्दू बर्मा बनिन् महिला टी–२० आईमा हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी

    इटहरी । नेपाली महिला क्रिकेट टिमकी कप्तान इन्दू बर्माले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हजार रन पूरा गरेकी छिन् । आज मलेसियास्थित बायोमास ओभलमा घरेलु टोलीविरुद्धको चौथो खेलमा ४८ अविजित रन बनाएर नेपाललाई ६ विकेटको जीत निकालेकी हुन् । नेपालको जीतमा ४८ रनको अविजित इनिङ खेलेकी इन्दूको हजार रन पूरा भएको हो । उनी हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी भइन् । इन्दूको ७७ खेलमा १ हजार ४ ३ रन छ । सीता रानामगरको ६३ खेलमा ९६५ रन छ । रुबिना क्षेत्रीको ७८ खेलमा ९३६ रन छ । पूजा महतोको ४१ खेलमा ५१६ रन छ ।इन्दूले हालसम्म एक अर्धशतक प्रहार गर्दा उच्च स्कोर ५५ रहेको छ । सन् २०१९ देखि सिनियर टोलीमा रहेक

    • प्रकाशित मितिः असोज २१, २०८२
    • २७६ पटक पढिएको
  • टी–२० विश्वकप छनोट खेल्ने टोलीको घोषणा, सन्दीपसहित १५ जना अटाए

    इटहरी । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने टी–२० विश्वकप छनोटका लागि नेपाली क्रिकेटको अन्तिम टोली घोषणा गरिएको छ।रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको १५ सदस्यीय अन्तिम टोलीमा सन्दीप लामिछाने पनि अटाएका छन् ।यूएईमा भएको वेस्ट इन्डिजसँगको तीन खेलको टी–२० सिरिजमा उनीमाथि अनुशासनको कारबाही भएको थियो ।छनोट खेल्न नेपाली टोली ओमान पुगिसकेको छ।विश्वकप छनोट अक्टोबर ८ मा सुरु हुँदै छ।नेपाली टोलीरोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, आशिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, कुशल मल्ल, नन्दन यादव, मोहम्मद आदिल आलम, सन्दीप जोरा, आरिफ शेख, ललित राजवंशी, गुल्सन झा र

    • प्रकाशित मितिः असोज १७, २०८२
    • ४८० पटक पढिएको
  • क्यानले सार्वजनिक गर्‍यो सन्दीपले वेस्ट इन्डिजविरुद्ध नखेल्नुको कारण

    इटहरी डेस्क । वेष्ट इन्डिजविरुद्धको खेलमा सन्दीप लामिछाने निलम्बनमा परेको खुलेको छ।नेपाल क्रिकेट सङ्घका सचिव पारख खड्काले एक विज्ञप्ति जारी गर्दै सन्दीप निलम्बनमा परेको हुँदा अन्तिम दुई खेल खेल्न नपाएको जानकारी दिएका छन् ।सेप्टेम्बर २७ मा पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेट अघि सन्दीपले आफैं नखेल्ने निर्णय गरेको र उनको उक्त निर्णयले टीम म्यानेजमेन्ट, खेलाडी एवंम समग्र नेपाली क्रिकेटमै गम्भिर असर पर्न गएको क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।त्यसपछि व्यवस्थापनको सिफारिसमा बाँकी खेल तथा सम्पूर्ण सिरिजका लागि उनलाई निलम्बन गरिएको क्यानले जनाएको छ।अब ओमानमा हुने टी-२० विश

    • प्रकाशित मितिः असोज १६, २०८२
    • ३५६ पटक पढिएको
  • वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जितमा कप्तान रोहित बने ‘प्लेयर अफ द म्याच’

    इटहरी । दुई पटक (सन् २०१२ र २०१६) को टी–२० आई विश्वकप विजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले ऐतिहासिक जित दर्ता गर्दा कप्तान रोहित पौडेल ‘प्लेयर अफ दि म्याच’ बनेका छन् । उनले बलिङ, ब्याटिङलर फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।नेपालका तर्फबाट सर्वाधिक ३८ रन बनाएका रोहितले३ ओेभर बलिङ गर्दा २० रन खर्चेर एक विकेट लिए । आजको खेलमा उनको कप्तानि पनि उत्कृष्ट रह्यो ।पौडेलले आफूले पाएको अवार्ड जेनजी आन्दोलनमा शहीद भएकाहरूलाई समर्पित गरेका छन् । पौडेलले भने, ‘मेरो म्यान अफ द म्याच अवार्ड जेनजी आन्दोलनमा शहीद भएकाहरूलाई समर्पित गर्न चाहन्छु ।’

    • प्रकाशित मितिः असोज १२, २०८२
    • ४६१ पटक पढिएको
  • दक्षिण अफ्रिकालाई हराउँदै इङ्ल्यान्डले दर्ता गर्‍यो एकदिवसीय इतिहासमै सबैभन्दा ठूलो जित

    एजेन्सी । आइतबार दक्षिण अफ्रिकी क्रिकेट टोलीले यस्तो हार भोग्नुपर्‍यो, जुन उसले कल्पना पनि गरेको थिएन।एकदिवसीय शृंखला जितेपछि पनि इङ्‌ग्ल्यान्डबाट एकदिवसीय इतिहासकै सबैभन्दा ठूलो हार बेहोर्नुपर्‍यो।साउथह्याम्प्टनमा ४१४ रनले हारेपछि दक्षिण अफ्रिकी टोलीले केवल ७२ रन मात्र बनाउन सक्यो।यो एकदिवसीय क्रिकेटको ५४ वर्षको इतिहासमा कुनै पनि टोलीको सबैभन्दा ठूलो हार हो।अफ्रिकाका सात ब्याट्सम्यानले दोहोरो अंकको स्कोर पनि छुन सकेनन्। केवल चार ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सके। कोर्बिन बोसले सर्वाधिक २० रन बनाए।इङ्‌ग्ल्यान्ड टोलीमा जो रुट (१००) र ज्याकब बेथेल (११०) ले शतक बनाए। दुई ब्याट्सम्यान

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • ५३४ पटक पढिएको
  • विश्वकप छनोटमा मेस्सीको २ गोल, ब्राजिल र उरुग्वे पनि विजयी

    एजेन्सी । विश्वकप छनोट अन्तर्गत चारवटा दक्षिण अमेरिकी टोलीले समान ३-० को जित दर्ता गरेका छन्। शुक्रबार बिहान भएका ५ खेलमध्ये पाराग्वे र इक्वेडरले गोलरहित बराबरी खेले। बाँकी सबै खेल समान नतिजामा टुंगिएका छन्। अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको २ गोलमा भेनेजुएलालाई ३–० ले पराजित गरेको छ। मेस्सीले ३९ औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए।७६ औँ मिनेटमा लौटारो मार्टिनेजले अर्को गोल थप्दा मेस्सीले ० औँ मिनेटमा तेस्रो गोल थपे। विश्वकप छनोटको अन्तिम खेल अघि अर्जेपन्टिनाले दोस्रो स्थानको ब्राजिललाई १० अंकले पछि पार्दै ३ अंक बनाएको छ। अब अन्तिम खेल अर्जेन्टिनाले बुधबार बिहान इक्वेडरसँग खेल्न

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • ५२४ पटक पढिएको
  • बुढीगंगामा अन्तर–वडा स्तरीय फुटबल प्रतियोगिता सम्पन्न, उत्कृष्ट ३२ खेलाडी छनोट

    मोरङ - मोरङको बुढीगंगा गाउँ युवा परिषद्को आयोजनामा “तिन युग तिन नेतृत्व : विगत र वर्तमान स्थानीय नेतृत्वको सम्मान” भन्ने मूल नारासहित अन्तर–वडा स्तरीय फुटबल प्रतियोगिता भव्यतापूर्वक सम्पन्न भएको छ।मिति २०८२ जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा गाउँपालिकाभित्रका ७ वटा वडा र १३ वटा विद्यालयमार्फत प्रतिनिधित्व गर्ने गरी कुल ८ टिम सहभागी भएका थिए। यसअघि बैशाख २४ गतेदेखि वडा स्तरीय छनौट प्रक्रिया सुरु गरी अन्ततः पालिका स्तरीय टिम निर्माण गरिएको हो।प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने ३२ जना खेलाडीलाई पालिका स्तरीय फुटबल टिमका लागि छनोट गरी  औपचारिक रूपमा गाउँपालिकाल

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • ७२६ पटक पढिएको
  • यू-१७ महिला च्याम्पियनसिप: आज फेरि बंगलादेशसँग भिड्दै नेपाल

    इटहरी डेस्क । भुटानमा जारी साफ १७ वर्षमुनिको (यू-१७) महिला च्याम्पियनसिप प्रतियोगितामा नेपाल आज (बुधबार) आफ्नो चौथो खेलमा बंगलादेशसँग भिड्दै छ। खेल भुटानको थिम्पुमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ।यसअघि भएको खेलमा नेपाल बंगलादेशसँग ३–० गोलले हारेको थियो।अहिलेसम्म नेपालले ३ खेल खेलेको छ। जसमा २ हार र एक जित गरेको छ। पहिलो खेलमा भारतसँग हारेको नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो।भुटान, भारत र बंगलादेशसहित ४ टोली सहभागी प्रतियोगितामा  नेपालले उपाधि जित्ने सम्भावना कमजोर बनेको छ। नेपाल तीन अंकसहित तेस्रो स्थानमा छ भने समान खेल खेलेको बंगलादेश ६&nbs

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • ५४४ पटक पढिएको
  • साफ यू–१७ महिला च्याम्पियनसिप : नेपाल आज बंगलादेशसँग भिड्दै

    इटहरी । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१७ च्याम्पियनसिपमा आज (आइतबार) नेपाल बंगलादेशसँग भिड्दै छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने खेल नेपाली समयअनुसार अपरान्ह ५ः४५ मा सुरु हुनेछ ।यसअघि नेपालले पहिलो खेल भारतसँग खेलेको थियो । जहाँ नेपालले भारतसँग ७–० को फराकिलो हार बेहोरेको थियो । आफ्नो दोस्रो खेलमा भने नेपालले आयोजक राष्ट्र भुटानलाई २–१ ले पराजित गरेको थियो । आज नेपाल बंगलादेशलाई हराउने दाउमा छ ।प्रतियोगितामा नेपाल, भुटान, भारत र बंगलादेशको सहभागिता छ । प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुनेछ । अब नेपालले अगस्ट २७ मा बंगलादेशसँग, अगस्ट २९ मा भारतसँग र अगस्ट ३१ मा भुटानसँग

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • ६४० पटक पढिएको
  • दुई खेल जितेको नेपाल आज पाकिस्तानी टोलीसँग भिड्दै

    इटहरी डेस्क । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल पाकिस्तानसँग भिड्दैछ । सिरिजअन्तर्गत समूह चरणको अन्तिम अर्थात् छैटौं खेलमा नेपालले पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल नेपाली समयअनुसार शुक्रबार दिउँसो ३ः१५ बजे शुरू हुनेछ ।जारी शृंखलामा नेपालले यसअघि लगातार दुई खेल जितेको छ । शुरूका तीन खेल हारेको नेपालले चौथो खेलमा होबर्ट हरिकेन्सलाई र पाँचौ खेलमा मेलबर्न रेनेगेड्स एकेडेमी हराएको थियो । नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।प्रतियोगितामा ११

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • ३४६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल