खेलकुद

    Showing २६१-२७० of ५७५ items.
  • कर्णाली याक्सले चितवन राइनोज्लाई दियो १६७ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिगअन्तर्गत आज दोस्रो दिनको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले तीन विकेट गुमाएर १६६ रन बनाएको हो । कर्णालीका लागि भारतीय खेलाडी पान्चलले ४८ बल खेल्दै ७ चौका र ६ छक्का प्रहार गरे । पान्चलले पहिलो विकेटका लागि म्याक्स ओ डाउडसँग ६१ रन र दोस्रो विकेटका लागि मार्क वाटसँग ६३ रनको साझेदारी गरे ।म्याक्स ओ’डाउले २० र मार्क वाटले १६ रन योगदान गरे । पवन सर्राफले १६ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै अविजित २७ रन बनाए ।यो खेल सकिएपछि आजै विराट

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • ३३२ पटक पढिएको
  • एनपीएलमा यसरी प्रतिष्पर्धा गर्दैछ कोशी प्रदेशको क्रिकेट टिम विराटनगर किंग्स

    विराटनगर किंग्सको मस्कट । तस्बिरः कृष्णचन्द्र सुवेदी विराटचोकः नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कोशी प्रदेशको प्रतिनिधि टिम विराटनगर किंग्सको पहिलो खेल आज बेलुका ४ बजे पोखरा एभेन्जर्ससँग त्रिवि क्रिकेट मैदानको फ्लडलाइटमा हुने भएको छ ।एमएडी ड्रिम स्पोटर्स प्रा.लि.को स्वामित्वमा रहेको विराटनगर किंग्स टिम अनुभवी कोच तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वमुख्य प्रशिक्षक पुबुदु दासानायकेको नेतृत्वमा मैदानमा उत्रने भएको छ । विराटनगर किंग्सले अनुबन्ध गरेका दक्षिण अफ्रिकाका पूर्वकप्तान डू प्लेसिस र न्युजिल्यान्डका स्टार ओपनर मार्टिन गप्टिल किंग्सको आकर्षणको रुपमा रहेका छन्डू प्

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • ५१५ पटक पढिएको
  • उद्घाटन खेलमा साबिक विजेता जनकपुरलाई हराउँदै काठमाडौं गोर्खाज् विजयी

    काठमाडौंः साबिक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा काठमाडौं गोर्खाजले पाँच विकेटले विजयी भएको छ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा जनकपुलाई काठमाडौंले दुई ओभर बाँकी रहँदै पाँच विकेटले हराएको हो ।एनपिएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुनेछ भने एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदैछन् ।एनपिएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।आजका दुई खेलमध्ये चितवन राइनोज् र

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • ४०६ पटक पढिएको
  • एनपीएलः जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

    इटहरी । आज शुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्टसले काठमाडौं गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले ६ विकेट गुमाएर १३० रन बनाएको हो । जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रन बनाए । मयन यादवले ३४ र लाहिरु समारकूनले २२ रन बनाए । अन्यले दोहोरो अङ्क जोड्न सकेनन् ।काठमाडौं गोर्खाज्का लागि मिलिन्द कुमारले ३ विकेट लिए भने सन्तोष यादव, साहबल आलम र करणा केसीले एक\एक विकेट लिए ।प्रतियोगिताको फाइनल खेल मंसिर २७ गते हुनेछ ।

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • २३१ पटक पढिएको
  • आजदेखि एनपीएलको दोस्रो संस्करण शुरु

    इटहरी । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आज मंसिर १ गतेदेखि शुरु हुँदैछ । प्रतियोगितामा साबिक विजेता जनकपुर बोल्ट्ससँगै साबिक उपविजेता सुदूर पश्चिम रोयल्स, लुम्बिनी लायन्स, काठमान्डु गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, कर्णाली याक्स र पोखरा एभेन्जर्स गरी ८ टोलीले प्रतिस्पर्धा गन भएका छन् ।आजको उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गुर्खाजबीच प्रतिस्पर्धा हुँदैछ । सो खेल दिउँसो ४ बजेदेखि शुरु हुनेछ ।यस संस्करणमा लिग चरणका खेलहरू नोभेम्बर मंसिर १ गतेदेखि मंसिर २१ गतेसम्म चल्नेछन् । खेलहरू दुई सत्रमा सञ्चालन हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । पहिलो खे

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • ३४७ पटक पढिएको
  • एनपिएलको तयारी पूरा, विजेतालाई १ करोड १० लाख पुरस्कार

    काठमाडौंः दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।भोलिदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस खड्काले पत्रकार सम्मेलन गरी जानकारी दिए ।प्रतियोगिताका विजेता टोलीलाई पुरस्कारस्वरुप रु एक करोड १० लाख प्रदान गरिनेछ । प्रतियोगिताको उपविजेता टोलीले ५१ लाख प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले रु २५ लाख तथा चौथो हुनेले रु १५ लाख प्राप्त गर्नेछ ।एनपिएलमा विभिन्न आठ फ्रेञ्चाइज टोली सहभागी हुनेछन् । उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुनेछ ।एनपिएलको अघिल्

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • ५३६ पटक पढिएको
  • १९ औँ वार्षिकोत्सवको अवसर पारेर गरिमा विकास बैंकले ‘गरिमा रोड रेस’ आयोजना गर्ने

    काठमाडौंः गरिमा विकास बैंकले आफ्नो १९ औँ वार्षिकोत्सवको अवसरमा मंसिर ६ गते ‘गरिमा रोड रेस’को दोस्रो संस्करण आयोजना गर्ने भएको छ ।प्रतियोगिता खुला पुरुष\ महिला १० किलोमिटर, कर्पोरेट पुरुष \महिला ५ किलोमिटर र भेट्रान पुरुष \महिला ५ किलोमिटर दूरीमा दौड हुने भएको छ । भेट्रानमा पुरुष ५० वर्षमाथि र महिला ४५ वर्षमाथि उमेर समूहबीच प्रतिस्पर्धा हुने भएको हो । भेट्रान विधा यसै संस्करणदेखि थपिएको हो । करिब १ हजार प्रतियोगी सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।दौडको खुलातर्फका विजेताले ५० हजार, दोस्रोले ३५ हजार, तेस्रोले २० हजार, चौथोले १५ हजार र पाँचौँले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • ३५२ पटक पढिएको
  • पीएलओले नेपाल प्रिमियर लिगमा खेल्ने विराटनगर किंग्सलाई मुख्य प्रायोजन गर्ने

    इटहरी ।  नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि विराटनगर किंग्सलाई पीएलओ ग्रुपले मुख्य प्रायोजन गर्ने भएको छ । सुन्दरहरैंचाका प्रायोजनसम्बन्धी सम्झौतामा मङ्गलबार हस्ताक्षर गरिएको छ । पीएलओ ग्रुपका अध्यक्ष भोलेश्वर दुलालल र विराटनगरका किंग्सका तर्फबाट पारस लुनियाँले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै विराटनगर किंग्सका पारस लुनियाँले देशको विषम परिस्थितिमा पनि पीएलओ ग्रुपले खेल प्रायोजन गर्न स्वीकारेकोमा खुशी व्यक्त गर्नुभयो । पीएलओ ग्रुपद्वारा सञ्चालित नेपालीरिका होटलमा आगजनी र तोडफोडका कारण क्षति भइरहेको समयमा मुख्य प्रायोजन गर्न तयार हुनुले पी

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • ४६१ पटक पढिएको
  • सुन्दरहरैंचाका विद्यार्थीमा ब्याडमिन्टन खेलको अभिरुचि बढाउन तीन महिना प्रशिक्षण गराइने

    इटहरी । सुन्दरहरैचा नगरपालिकाका विद्याथीमा ब्याडमिन्टन खेलको अभिरुचि बढाउन खेलकुद एकेडेमी सञ्चालन गरी ३ महिना प्रशिक्षण दिइने भएको छ । सुन्दरहरैंचा वडा नं. ८ स्थित दुर्गादेवी दुलाल स्पोट्र्स ग्राममा खेलकुद एकेडेमी सञ्चालन सम्बन्धी अन्तक्र्रिया हुँदा यस्तो जानकारी गराइएको हो ।सो एकेडेमीमार्फत् १७ वर्ष मुनिका बालबालिकालाई खेलकुद तालिममा सहभागी गराइने भएको छ । अन्तरक्रिया कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका ६० भन्दा बढी प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो ।कार्यक्रममा बोल्नुहुँदै व्यवसायी भोलेश्वर दुलालले बालबालिकामा खेलमार्फत अनुशासन, असल संस्कार र

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • २७४ पटक पढिएको
  • शरद भेषवाकरले गरे खेलबाट सन्यास घोषणा

    काठमाडौ । नेपाली टोलीका सदस्य शरद भेषवाकरले अन्तरराष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिएका छन् । हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिताका लागि कप्तानका रुपमा हङकङ पुगेका भेषवाकरले सोही प्रतियोगिताबाट सन्यास लिएको घोषणा गरेका हुन् ।आफुले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास लिनेबारे भने उनले  यसअघि नै जानकारी दिएका थिए ।  भेषवाकरले दुई दशकभन्दा लामो समय नेपालका लागि अन्तरराष्ट्रिय क्रिकेट खेलमा उमेर समूह हुँदै राष्ट्रिय टोलीको सदस्यको रुपमा क्रिकेट खेलेका थिए । उनले सन् २००४ मा युएई विरुद्धको खेलबाट नै सिनियर राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए । त्यसअघि उनले सन् २००२ मा नेपाली यु–१५ राष्ट्रि

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • ३६४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल