काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतीय फुटबल महासंघ (एआईएफएफ) लाई प्रतिबन्ध लगाएको छ । हालै, भारतको सर्वोच्च अदालतको आदेशमा एआईएफएफका अध्यक्ष प्रफुल्ल पटेललाई हटाएर प्रशासकको समिति (सीओए) को गठन गरेको छ । तर, फिफाले यो कदमप्रति असहमति जनाएर तेस्रो पार्टीको हस्तक्षेपलाई अमान्य भन्दै भारतीय फुटबललाई प्रतिबन्ध लगाएको ।पछिल्लो केही महिनादेखि एआईएफएफमा ठीकठाकसँग चलिरहेको छैन । यसै वर्ष भारतको सर्वोच्च अदालतको आदेशमा एआईएफएफका अध्यक्ष पटेललाई खेल मन्त्रालयले हटाएको थियो । साथै खेल सञ्चालन गर्नको लागि सीओए गठन गरियो । त्यही, २८ अगस्तसम्म चुनाव गर्न आदेश दिएको थियो । फिफाले एआईएफएफलाई प
काठमाडौँ । साफ यू १७ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानको सामना गर्ने भएको छ । च्याम्पियनसिप श्रीलंकाको रेस कोर्स इन्टरनेसनल स्टेडियममा सेप्टेम्बर ५ देखि १४ तारिखसम्म आयोजना हुँदैछ ।नेपालले च्याम्पियनसिपको पहिलो खेल भुटानविरुद्ध सेप्टेम्बर ७ मा खेल्नेछ । समूह ‘बी’ मा रहेको नेपालले दोस्रो तथा अन्तिम खेल भारतविरुद्ध सेप्टेम्बर ९ मा खेल्ने साफले सार्वजनिक गरेको तालिकामा उल्लेख छ । यस समूहमा नेपाल, भारत र भुटान रहेका छन् । समूह ‘ए’ मा भने श्रीलंका, बंगलादेश र माल्दिभ्स रहेका छन् ।च्याम्पियनसिपको उद्घाटन खेल सेप्टेम्बर ५ मा भुटान र भारतबीच हुनेछ । समूह चरणको खेलपछि दुबै समूहबाट विजेता र
काठमाडौं । फ्रेन्च लिग वान फुटबलको नयाँ सिजनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लगातार दोस्रो जित दर्ता गरेको छ ।शनिबार राति भएको खेलमा घरेलु मैदानमा पिएसजीले मोन्टपिलरलाई ५–२ ले पराजित गरेको हो । पिएसजीका लागि नेइमारले ४३ र ५१ औँ मिनेटमा गरी दुई गोल गरे । यस्तै केलियन एमबाप्पे र रेनातो सान्चेले एक–एक गोल गर्दा मोन्टपिलरका साक्कोले आत्मघाती गोल गरेका हुन् । मोन्टपिलरका लागि खज्री र चातो एमबियीले एक–एक गोल गरे ।लगातार दुई जितबाट ६ अंकसहित शीर्ष स्थानमा रहेको पिएसजीका लागि नेइमारले यो सिजन तीन गोल र तीन गोलका लागि सहयोग गरिसकेका छन् ।
रसुवा । रसुवामा पहिलो पटक डार्स खेल हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को तयारी र नेपाल डार्टस संघको आयोजनामा जिल्लामा पहिलो पटक प्रथम हाईअल्टिच्युट डार्स खेल हुने भएको हो ।भोली (मंगलबार) सदरमुकाम धुन्चेस्थित मिनीगोसाईकुण्डमा प्रतियोगिता सन्चालन हुने केन्द्रीय सचिव विनुपराज खनालले जानकारी दिएका छन् । प्रतियोगितामा देशैभरिबाट छनौट भएका उत्कृष्ट १६ खेलाडीबीच प्रतिस्पर्धा हुने खनालले बताए ।प्रतियोगितामा प्रथम, द्धितिय र तृतीयलाई मेडल, प्रमाणपत्र र अन्य गिफ्टद्धारा पुरस्कृत गरिने आयोजकले बताएका छन् ।
विराटनगर सिटी एफसीले आगामी नेपाल सुपर लिग सिजनका लागि विष्णु गुरुङलाई प्रशिक्षकमा नियुक्त गरेको छ । गुरुङले भर्खरै सम्पन्न ए डिभिजन लिगमा संकटा क्लबलाई प्रशिक्षण दिएका थिए र उनीहरूसँग आकर्षक फुटबल प्रदर्शन गरेका थिए।विराटनगर सिटी एफसीको विज्ञप्ति यस्तो छ : ‘नेपाल सुपर लिगको आगामी संस्करणका लागि बिष्णु गुरुङलाई क्लबको मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा विराटनगर सिटी फुटबल क्लब हर्षित छ । विष्णु गुरुङ एक प्रभावशाली नेतृत्व हुनुहुन्छ र खेलमा आफ्नो छोटो कोचिङ करियरमा धेरै सफलता हासिल गर्नुभएको छ। क्लबलाई लाग्छ कि श्री गुरुङ क्लबको भिजनलाई अगाडि बढाउनका लागि उपयुक्त