खेलकुद

    Showing ५६१-५७० of ५७५ items.
  • नेपाली फुटबलका कप्तान किरणले गरे विवाह

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ विवाह बन्धनमा बाँधिएका छन् । कप्तान किरणले बुधबार प्रेमिका कञ्चन निरौलासँग विवाह गरेका हुन् । किरण र एयर होस्टेज कञ्चन डेढ वर्षयता प्रेम सम्बन्धमा थिए । किरणको विवाहमा नजिकका आफन्त र फुटबल खेलाडी, पदाधिकारीलाई विवाहमा निम्तो दिइएको थियो । गत महिना माल्दिभ्सको शीर्ष डिभिजन लिग धिवेही प्रिमियर लिगको उपाधि जितेको अवसरमा किरणले कञ्चनलाई मैदानमै विवाहको प्रस्ताव राखेका थिए । किरण आबद्ध माजिया स्पोर्ट्स एण्ड रिक्रिएसनले माल्दिभ्सको शीर्ष लिगको उपाधि जित्दा उनी उत्कृष्ट गोलरक्षक चुनिए । 

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • १०५ पटक पढिएको
  • एक खेल अगावै अष्ट्रेलियाले जित्यो दोस्रो एक दिवशीय क्रिकेट

    काठमाडौं । अष्ट्रेलियाले दोस्रो एक दिवशीय क्रिकेटमा जिम्बावेलाई ८ विकेटले पराजित गर्दै एक खेल अगावै शृंखला आफ्नो पक्षमा पारेको छ । तीन खेलको शृंखलाको पहिलो खेल अष्ट्रेलियाले ५ विकेटले जितेको थियो । लगातार दोस्रो खेल जित्दै अष्ट्रेलियाले २-० को अग्रतासहित शृंखला आफ्नो पक्षमा पारेको हो ।स्टिभ स्मिथ र एलेक्स केरीले अविजित ८४ रनको साझेदारी गरेपछि जिम्बावेले दिएको ९७ रनको लक्ष्य अष्ट्रेलियाले १४.४ ओभरमा पूरा गरेको हो । स्मिथले ४१ बलमा अविजित ४७ रन बनाए । उनले ८ चौका र १ छक्का प्रहार गरे । केसीले अविजित २६ रन जोडे । डेभिड वार्नरले १३ रन बनाए भने कप्तान आरोन फिन्च १ रनमा आउट भए । जिम्बावेका रिचर्ड एन

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • ९९ पटक पढिएको
  • एसिया कप टी–२० मा अफगानिस्तानको लगातार दोस्रो जित

    काठमाडौं । एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा अफगानिस्तानले लगातार दोस्रो जित हात पारेको छ । उसले समूह ‘बी’ अन्तर्गत गएरातिको खेलमा बंगलादेशलाई ७ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको हो । योसँगै अफगानिस्तानले समूह विजेताका रूपमा सुपर चारमा स्थान सुरक्षित गरेको छ । पहिलो खेलमा उसले श्रीलंकालाई ८ विकेटले हराएको थियो ।१२८ रनको लक्ष्य अफगानिस्तानले १८.३ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । उसका लागि अविजित रहेका नजिबुल्लाह जाद्रनले ४३ र इब्राहिम  जद्रनले ४२ रनको योगदान दिए । हजरतुल्लाह जर्जाइंले २३ तथा रहमनुल्लाह गुर्बाजले ११ रन जोडे । बंगलादेशका लागि शाकिव अल हसन, मोसाद्देक

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • १०६ पटक पढिएको
  • टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : केन्यासँग नेपाल पराजित

    काठमाडौं । केन्यासँगको चौथौ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल सात रनले पराजित भएको छ । केन्याले दिएको एक सय दुई रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९४ रनमात्र बनाउन सक्यो ।नेपालका लागि रोहित पौडेलले ४७ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ केन्याका राकेप पटेलले तीन विकेट लिए । यसअघि नैरोबीको जिमखाना क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको केन्याले २० ओभरमा अलआउट हुँदै एक सय एक रन बनायो । उसका लागि लुकास ओलाउचले ३३, कोलिन्स ओबुयाले २० र शेम ङोचेले १३ रन बनाउनुबाहेक अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका सन्दीप लाम

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • ११३ पटक पढिएको
  • नेपालले ४ विकेटले जित्यो केन्याविरुद्धको खेल

    काठमाडौँ । केन्या विरुद्धको तेस्रो टि-२० खेल नेपालले ४ विकेटले जितेको छ । नैरोबीमा आइतबार भएको खेलमा टस जितेर ब्याटिङ गरेको केन्याले प्रस्तुत गरेको १ सय ५७ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुँदै पूरा गरेको थियो । जीतसँगै ५ वटा टि-२० श्रृंखलामा नेपालले २-१ को अग्रता लिएको छ ।  प्रतिउत्तर ब्याटिङ गरेको नेपालका लागि ज्ञानेन्द्र मल्लले ४६ रन बनाएका थिए । मल्लले ४१ बल खेल्दै १ छक्का र ४ चौका प्रहार गरेका थिए । नेपालका लागि डेब्यू गरेका अर्जुन साउदले ३५ रन बनाएका थिए । ३१ बल खेलका ओपनिङ ब्याट्सम्यान साउदले ३१ बल खेल्दै ३ छक्का र २ चौका प्रहार गरेका थिए ।  रोहित पौडेलले २९, मोहम्मद

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • ११२ पटक पढिएको
  • नेपाल र केन्याबीच आज तेस्रो खेल हुँदै

    काठमाडौं । नेपाल र केन्याबीचको तेस्रो टी-२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदान नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।दुवै टोली आजको खेल जित्दै शृङ्खलामा अग्रता लिने योजनामा छ । पहिलो खेलमा नेपाल ५ विकेटले विजय भएको थियो भने दोस्रो खेलमा केन्याले पुनरागमन गर्दै १८ रनले जितेको थियो ।

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • १०५ पटक पढिएको
  • एसिया कप क्रिकेटमा अफगानिस्तानको विजयी सुरुवात

    काठमाडौं । एसिया कप क्रिकेटमा अफगानिस्तानले विजय सुरुवात गरेको छ।दुबईमा शनिबार भएको उद्घाटन खेलमा पाँच पटकको च्याम्पियन श्रीलंकालाई ८ विकेटले हराउँदै अफगानिस्तानले सुखद सुरुवात गरेको हो।श्रीलंकाले दिएको १०६ रनको लक्ष्य अफगानिस्तानले १० ओभर १ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो।अफगानिस्तानका रहमान उल्लाह गुर्बाजले ४० रन बनाए। यस्तै हजरात उल्लाह जाजईले अविजित रहँदै ३७ रन जोड्दा इब्राहिम जार्डनले १५ रन बनाए। श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले एक विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले १९ ओभर ४ बलमा अलआउट हुँदै १०५ रन बनाएको थियो।जितसँगै समूह बी को अफगानिस्तानले पहिलो खेलमै दु

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • १०५ पटक पढिएको
  • नेपाल टी-२० लिगका लागि खेलाडी दर्ता खुला

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी-२० लिगका लागि खेलाडी दर्ता सुरू गरेको छ। क्यानले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने प्रतियोगिताका लागि खेलाडी दर्ता सुरू गरेको हो। क्यानका अनुसार खेलाडी दर्ता अगस्टको ३१ तारिखसम्म मात्र रहनेछ।खेलाडी दर्ताका लागि क्यानले विभिन्‍न चारवटा मापदण्ड तोकेको छ। खेलाडीले सन् २०१८ देखि नियमितरुपमा राष्ट्रिय खेलकुद, प्रधानमन्त्री कप (पीएम कप) तथा मेयर कप खेलेको हुनुपर्ने छ। यस्तै, २०१८ देखि नेपालको यू-१९ टिमका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता तथा सिरिज खेलेको हुनुपर्ने छ। २०१८ देखि सिनियर टोलीका लागि अन्त

    • प्रकाशित मितिः भदौ ११, २०७९
    • १०७ पटक पढिएको
  • किक बक्सिङमा सहभागी सबै नेपाली खेलाडीले पाए स्वर्ण

    काठमाडौं । भूटानमा भएको पाँचौं दक्षिण एसियाली किक बक्सिङ च्याम्पियनसिपमा सबै नेपाली खेलाडीले स्वर्ण जितेका छन्। टोली नेता सो क्योकुसिन कराते संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार नेपालबाट सहभागी भएका ६ जनाले नै स्वर्ण जितेका हुन्। सिवानी श्रेष्ठले खुला तौल समूहमा फाइनलमा भुटानकी खेलाडीलाई अंकका आधारमा पराजित गर्दै स्वर्ण हात पारेको श्रेष्ठले बताए । यस्तै, उनी सम्पूर्ण महिलातर्फ उत्कृष्ट खेलाडीको उपाधिसमेत हात पार्न सफल भएकी छन्।भाद्र ४ र ५ गते भएको च्याम्पियनसिपमा ५४ केजी तौलमा स्वर्ण हात पारेका कविन देशारले सम्पूर्ण पुरुषतर्फ उत्कृष्ट खेलाडीको उपाधिसमेत जिते। यसैगरी ६० केजी तौलमा स्वर्

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • १०५ पटक पढिएको
  • एमबापेको ह्याट्रिकमा पीएसजीको शानदार जित

    काठमाडौं । केलियन एमबापेको ह्याट्रिकसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आइतबार फ्रान्सेली लिग वानमा लिललाई ७-१ को फराकिलो गोलअन्तरले हराएको छ ।पीएसजीको यो लगातार तेस्रो जित हो । पीएसजीका लागि नेयमारले दुई गोल गरे भने लियोनल मेसी र अचरफ हाकिमीले एक एक गोल गरे । लिलमाथि पीएसजीको यो अहिलेसम्मकै सबैभन्दा ठूलो गोलअन्तरको जित हो । तीन खेलबाट नौ अंकसहित पीएसजी लिग तालिकाको शीर्ष स्थानमा छ ।

    • प्रकाशित मितिः भदौ ६, २०७९
    • १०१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल