खेलकुद

    Showing ५३१-५४० of ५७५ items.
  • एसीसी इमर्जिङ एसिया कप सुरु : नेपाली अम्पायरले खेलाउँदै पहिलो खेल

    काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप बिहीबारदेखि श्रीलंकामा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन समूह ‘ए’ का दुई खेल हुँदैछन् । पहिलो खेलमा दुई टेस्ट राष्ट्र श्रीलंका र बंगलादेश भिड्दै छन् । यी दुबै टोलीले प्रतियोगितामा आफ्नो ‘ए’ टोली सहभागी गराएका छन् ।  उक्त खेलमा नेपालका बुद्धिबहादुर प्रधान अम्पायरको भूमिकामा छन् । प्रधानसँगै भारत र ओमानका अम्पायर पनि उक्त खेलमा सक्रिय छन् । ४७ वर्षीय प्रधानले हालसम्म ४४ एकदिवसीय खेलमा अम्पायर र एउटा एकदिवसीय खेलमा रेफ्रीको भूमिका निर्वाह गरिसकेका छन् । इमर्जिङ कपको पहिलो दिन नै अफगानिस्तान र ओमानबीच पनि खेल हुँदैछ । पहिलो दिनको दुबै

    • प्रकाशित मितिः असार २८, २०८०
    • १५७ पटक पढिएको
  • आजदेखि विराटनगरमा राष्ट्रिय सफ्ट टेनिस हुने

    विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा आज(बुधबार) देखि प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता सुरु हुने भएको छ । प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा प्रतियोगिता हुने भएको हो । मोरङ जिल्ला सफ्ट टेनिस संघको संयोजनामा शहीद रंगशाला र विराटनगर जुट मिल्सको टेनिस कोर्टमा आगामी १६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने छ । संघका अध्यक्ष श्याम लामाले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । प्रतियोगितामा ५ वटा प्रदेशसहित ३ वटा विभागीय टोलीको सहभागिता रहने जानकारी लामाले दिए । उनका अनुसार कोसी, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै नेपाल पुलिस, सशस्त्र प्रहरी बल (एपिएफ

    • प्रकाशित मितिः असार १३, २०८०
    • १५९ पटक पढिएको
  • आज साफ च्याम्पियनसिप फुटबलमा नेपाल र पाकिस्तान भिड्दै

    काठमाडौँ । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज (मंगलबार) पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। बैंगलोरस्थित  कांतिराव स्टेडियममा साविक उपविजेता नेपालले पाकिस्तानको सामना गर्नेछ । नेपाल र पाकिस्तानबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ।नेपाल र पाकिस्तान दुबै टोली प्रतियोगिताबाट बाहिरिसकेको छ। त्यसैले दुई टोलीका लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ।समूह (ए) मा रहेको नेपाल २ खेलमा अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ। पाकिस्तान २ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ।पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थ

    • प्रकाशित मितिः असार १२, २०८०
    • १५६ पटक पढिएको
  • यू-१६ लिग फुटबल असार ३० गतेदेखि

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-१६ लिग असार ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । एन्फा र ‘ए’ डिभिजन क्लबका प्रतिनिधिहरुसँगको छलफलपछि यू-१६ लिगको मिति टुंगो लगाइएको एन्फाले जनाएको छ ।  यसअघि एन्फा यू-१६ लिग असार २३ गतेदेखि सञ्चालन हुने भनिएको थियो । तर, त्यतिबेला अधिकांश विद्यालयमा परीक्षा सञ्चालन हुने भएकाले मिति सारेर असार ३० गते पुर्‍याइएको हो।यू-१६ लिगका लागि क्लबहरुले असार १२ गतेसम्म आफ्नो टिम दर्ता गराउनु पर्नेछ । यसैगरी क्लबहरुले असार २४ गतेभित्र क्लबहरुले खेलाडीको नाम दर्ता गराउनु पर्नेछ । त्यसपछि एन्फाले असार २५ गते खेल तालिका प्रकाशन गर्नेछ । एन्फाले यू-१६ लि

    • प्रकाशित मितिः असार ११, २०८०
    • १७० पटक पढिएको
  • भारतसँग पराजित हुँदै नेपाल साफ च्याम्पियनसिपबाट बाहिरियो

    काठमाडौं । साविक उपविजेता नेपाल १४ औं संस्करणको साफ च्याम्पियनसिपको समूहचरणबाट बाहिरिएको छ। शनिबार राति बैंगलोर स्थित कान्तिरभा स्टेडियममा भएको खेलमा नेपाल भारतसँग २–० गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । नेपाल पराजित भएसँगै भारत र कुवेतले सेमिफाइनलमा स्थान बनाएका छन्।पहिलो हाफ गोल रहित बराबरी खेलेको नेपाल दोस्रो हाफमा भने भारतसँग गोलखानबाट जोगिन सकेन। भारतको गोलविहीन यात्रा सुनिल क्षेत्रीले तोडेका थिए। सुनिलले करिअरको ९१ औ अन्तराष्ट्रिय गोल पुरा गर्ने क्रममा ६१ औ मिनेटमा टिमका लागि महत्वपूर्ण गोल गरेका थिए।दोस्रो हाफमा एकपछि अर्को गोल निकालेको भारतका लागि दोस्रो गोलमा प

    • प्रकाशित मितिः असार १०, २०८०
    • १५४ पटक पढिएको
  • काभा पुरुष भलिबलको अन्तिम खेलमा आज नेपाल र उज्वेकिस्तान भिड्दै

    काठमाडौं । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० पुरुष भलिबल नेसन्स लिगको अन्तिम खेलमा नेपालले  आज (आइतबार) उज्वेकिस्तानको सामना गर्दैछ। बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले उज्वेकिस्तानको सामना गर्नेछ। नेपाल र उज्वेकिस्तानबीचको खेल दिउँसो १ः४५ बजे सुरु हुनेछ।नेपाल आज पहिलो जितको खोजीमा रहेको छ। नेपालले अघिल्ला पाँच खेलमा लगातार हार व्यहोरेको थियो। नेपालले पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग हार व्यहोरेको थियो। तेस्रो खेलमा इरानसँग पराजित भएको नेपालले चौंथो खेलमा तुर्किमिनिस्तानसँग पराजित भएको थियो।

    • प्रकाशित मितिः असार १०, २०८०
    • १४१ पटक पढिएको
  • एक दिवसीय विश्वकप छनोटः आज नेपाल वेस्टइन्डिजसँग खेल्दै

    काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप छनोटमा नेपालले आज वेस्टइन्डिजसँग खेल्दै छ । नेपाली टिम आईसीसी विश्वकप लिग टूको शीर्ष ३ मा रहँदै छनोट खेल्न पुगेको हो भने विश्व क्रिकेटमा सफल मानिने वेस्टइन्डिज भने शीर्ष ८ मा नपर्दा भारतमा हुन लागेको विश्वकपमा स्थान बनाउनका लागि छनोट खेलिरहेको छ ।नेपाल र वेस्टइन्डिजबीचको खेल जिम्बाबेको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार पौने १ बजे सुरुहुने छ ।  नेपाल पहिलो खेलमा जिम्बाबेसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो । आज आफ्नो तेस्रो खेल खेल्न लागेको नेपालले वेस्टइन्डिजविरुद्ध जित निकाल्दै सुपर सिक्सको सम्भावना कायमै

    • प्रकाशित मितिः असार ७, २०८०
    • १४१ पटक पढिएको
  • पुरुष बास्केटबलमा नेपालले माल्दिभ्सलाई हरायो

    काठमाण्डौ । माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप अन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले जित निकालेको छ। माल्दिभ्सको मालेमा आइतबार राति भएको खेलमा नेपालले आयोजकलाई ७५–६८ अंकले हराएको हो ।नेपालको यो तेस्रो जित हो। पहिलो खेलमा भुटानसँग पराजित नेपालले त्यसपछि पाकिस्तान र बंगलादेशलाई हराएको थियो। नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरिसकेको थियो।  प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको छ ।

    • प्रकाशित मितिः असार ४, २०८०
    • १३८ पटक पढिएको
  • आईसीसी विश्वकप :जिम्बाबेविरुद्ध नेपालको ५० रन पूरा

    काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको जिम्बाबेविरुद्धको आफ्नो पहिलो खेलमा आइतबार नेपालले ५० रन पूरा गरेको छ । नेपालले ११.५ ओभरमा कुनै विकेट नगुमाई ५० रन पूरा गरेको हो ।नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ३३ रन र आसिफ शेख १४ रन बनाउँदै क्रिजमा छन् । कुशलले ६ चौका र आसिफले एक चौका हिर्काएका छन् । हालसम्म नेपालले ४.१६ को रनरेटमा रन बनाएको छ । आयोजक जिम्बाबेले टस जिती नेपाललाई पहिलो ब्याटिङका लागि आमन्त्रण गरेको थियो ।

    • प्रकाशित मितिः असार ३, २०८०
    • १८४ पटक पढिएको
  • पुरुष बास्केटबलमा नेपाल भूटानसँग पराजित

    काठमाडौं । माल्दिभ्समा शुरू भएको फाइभ नेसन्स पुरुष बास्केटबल प्रतियोगितामा भूटानसँग नेपाल पराजित भएको छ ।माल्दिभ्सको मालेमा बुधवार भएको पहिलो खेलमा भूटानले नेपाललाई ६१–५५ ले पराजित गर्दै विजयी भएको हो ।नेपालले बास्केटबलमा सन् २०१९ मा काठमाडौंमा भएको १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगितापछि पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको हो ।नेपालले आफ्नो दोस्रो खेल भोलि पाकिस्तानसँग खेल्नेछ । नेपालले लिगको आफ्नो अन्तिम खेल आउँदो आइतवार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका ५ राष्ट्रको सहभागिता रहेको छ । यसमा आयोजक माल्दिभ्ससहित नेपाल, बंगलादेश, भूटान

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • १३७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल