इटहरी – इंडियन प्रिमियर लिग अन्तर्गत शनिवारको एकमात्र खेलमा कोलकत्ता नाइट राइडर्स विजयी हुँदै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । वर्षाले प्रभावित खेलमा कोलकत्ताले मुम्बई इण्डियन्स विरुद्ध १८ रनको जित दर्ता गर्दै प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो ।वर्षाका कारण ढिलो सुरुवात भएर १६ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित १६ ओभरमा ७ विकेटको क्षतिमा १५७ रन बनाएको थियो । दुवै ओपनर सस्तैमा गुमाएको कोलकत्ताका लागि वेंकटेश ऐयरले २१ बलमा सर्वाधिक ४२ रन बनाए ।नितिश रानाले २३ बलमा ३३ रन बनाउँदा आन्द्रे रसेलले २४ तथा रिन्कु सिंहले २० रन जोडे ।मुम्बईका लागि जस्पृत बुम
इटहरी :नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी मेन्स टि२० विश्वकपअघि अबको ३ सातामा तयारीस्वरूप ७ खेल खेल्ने भएको छ ।विश्वकपको तयारीका लागि एक महिनाअघि नै पुगेको टोलीले विश्वकपको खेल हुने ३ मध्य २ मैदानमा प्रशिक्षण तथा अभ्यास खेलको अवसर पाउने भएको हो । यसै साता वातावरणमा भिज्न अमेरिका पुगेको टोली हाल फ्लोरिडामा छ ।फ्लोरिडामा समय र वातावरणसँग घुलमिल गरिरहेको टोली टोली आइतबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टतर्फ प्रस्थान गदैछ । नेपालले विश्वकपको समूह चरणमा पछिल्लो २ खेल त्यसै स्थानमा खेल्नेछ ।नेपालले त्यहाँ पुगेर सेन्ट भिन्सेन्ट एण्ड विन्डवार्डको मिक्स टिमसँग ३ खेल खेल्नेछ । १४, १६ र १८ मेमा अभ्यास
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको जित निकालेको छ। राजिव गान्धी स्टेडियममा गएराति भएको खेलमा हैदरावादले १० ओभरमा एक विकेट नगुमाई १६६ रनको लक्ष्य पछ्याउँदै दुई अंक जोड्यो। हैदरावादका ओपनर ट्राभिस हेड र अभिषेक शर्माले सानदार इनिङ्स खेल्दै लखनऊविरुद्ध जित दिलाएका हुन्।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । आयुष बडोनीले ३० बलमा सर्वाधिक ५५ रन बनाए। जितसँगै हैदरावाद १२ खेलबाट १४ अंक जोडेर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। आईपीएलमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्
सुनसरी - यूईएफए च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिड फाइनलमा पुगेको छ । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा हिजो २–१ र समग्रमा ४–३ को जित निकाल्दै रियल म्याड्रिड फाइनलमा पुगेको हो ।सुरुमा एक गोलले पछि परेको अवस्थामा खेलको अन्तिमतिर मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल गरेपछि रियल फाइनल प्रवेश गरेको हो । उनले खेलको ८८ औँ मिनेटमा र इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरे । बायर्न म्युनिखका अल्फोन्सो डेविसले खेलको ६८ औँ मिनेटमा गोल गरेर अग्रता बनाएका थिए । बायर्न म्युनिखको घरेलु मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो ।रियलले अब फाइनलमा उपाधिका
इटहरी : वेस्ट इन्डिज ए विरुद्धको टी–२० सिरिजको अन्तिम खेलमा नेपालले जित निकालेको छ। आज भएको खेलमा नेपालले वेस्ट इन्डिज ए लाई ६ विकेटले पराजित गरेको हो।वेस्ट इन्डिज ए ले दिएको १७३ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा आशिफ शेख र अनिल साहले अर्धशतक प्रहार गरे ।साहले ४५ बलमा ५८ रन बनाए भने शेखले ३५ बलमा ५१ रन बनाए। कुशल मल्ल ३७ रनमा नटआउट रहे। बलिङतर्फ वेस्टइन्डिजका ओवेद मकोयले ३ र माथ्यू फोर्डले एक विकेट लिए।यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो। वेस्ट इन्
इटहरी - क्रिकेटको विश्व वरीयतामा नेपालको स्थान खस्किएको छ।अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले शुक्रबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपालको टी–२० र एकदिवसीय दुबै वरीयता खस्किएको हो ।यसअघि टी–२० वरीयताको १६ औँ स्थानमा रहेको नेपाल एक स्थान खस्कँदै १७ औँ स्थानमा झरेको हो। नेदरल्यान्ड्स १५ औँ स्थानमा यथावत् रहँदा युएई एक स्थान माथि उक्लँदै १६ औं स्थानमा पुगेको छ।एकदिवसीयतर्फ पनि नेपालको वरीयता दुई स्थान खस्किएको छ। यसअघि १५ औँ स्थानमा रहेको नेपाल १७ औँ स्थानमा झरेको छ।टी–२० र एकदिवसीयको दुबै वरीयतामा भारत शीर्ष स्थानमा रहँदा टेस्टतर्फ अस्ट्रेलियाले शीर्ष स्थान कब्जा गरेको छ ।
इटहरी : नेपालले वेष्टइण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–ट्वेन्टी सिरिज एक खेल अगावै गुमाएको छ।बिहीबार भएको चौथो खेलमा पराजित भएसँगै नेपालले सिरिज ३-१ ले गुमाएको हो।सिरिजको पहिलो खेल जितेको नेपालले त्यसयता तीन खेलमा लगातार पराजय भोग्यो। पहिलो खेलमा ४ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा १० र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।चौथो खेलमा नेपाल २८ रनले पराजित हुँदै सिरिज सुम्पन बाध्य भयो।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा वेष्टइण्डिज ‘ए’ ले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको नेपाल १ सय ८१ रनमा समेटियो।नेपालका क्याप्टेन रोहित पौडेलले सर्वाधिक ८२ रनको योगदान गरे। आक्रामक ब्याटिङ 
इटहरी : नेपाल क्रिकेट संघ (क्यान)ले आज टी-ट्वान्टी विश्वकपका लागि नेपाली टोलीको घोषणा गरेको छ। क्यानले रोहित पौडेलेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।टोलीमा रोहित पौडेल कप्तान‚ आशिफ शेख‚ अनिलकुमार साह‚ कुशल भूर्तेल‚ कुशल मल्ल‚ दीपेन्द्रसिंह ऐरी‚ ललित राजवंशी‚ करण केसी‚ गुल्सन झा‚ सोमपाल कामी‚ प्रतीश जीसी‚ सन्दीप जोरा‚ अविनाश बोहरा‚ सागर ढकाल र कमलसिंह ऐरी छन्।जेठ २० गते (जुन २ तारिख) देखि वेष्ट इन्डिज र अमेरिकामा संयुक्त रूपमा उक्त प्रतियोगिता आयोजना हुँदै छ।
इटहरी – वेस्ट इन्डिज 'ए' टाेलीसँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे तेस्राे खेलमा नेपाल ७६ रनको फराकिलो अन्तरले पराजित भएकाे छ ।वेस्ट इन्डिज 'ए' ले दिएकाे २ सय २८ रनकाे लक्ष्य पछ्याएकाे नेपाल १९ ओभर २ बलमा १ सय ५१ रनमा अल आउट भयाे । नेपालका लाेकश बम र करण केसीले समान २८, कुशल मल्लले २०, विनाेद भण्डारीले १९, अनिल साहले १४ । अन्य खेलाडीले दाेहाेराे अङ्कमा रन बनाउन सकेनन् । वेस्ट इन्डिज 'ए' का हेडन वाल्शले ३, गुदाकेश माेटीले २ विकेट लिए ।यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे वेस्ट इन्डिज 'ए' ले २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनायाे । वेस्ट इन्डिज 'ए' का ओपनर ब्याटर
इटहरी - वेष्ट इण्डिज ‘ए’ विरुद्धको ५ टी-२० शृंखलाअन्तर्गत नेपालले बुधबार तेस्रो खेल खेल्दैछ। खेल दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ । नेपाल र वेष्ट इण्डिजले यसअघि एक-एक खेल जितेका छन् । शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेष्ट इण्डिजलाई ४ विकेटले पराजित गरेको थियो । आइतबार भएको दोस्रो खेलमा नेपाल वेस्ट इण्डिजँंग १० रनले पराजित भएको थियो । नेपालले आईसीसी टी-२० विश्वकपको तयारीस्वरूप वेष्ट इण्डिजसँग शृंखला खेलिरहेको हो। शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्नेछ।