सुनसरी - आईसीसी टी–ट्वेन्टी विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपाल १ रनले पराजित भएको छ। हारसँगै नेपाल सुपर-८ नपुगी समूह चरणबाटै बाहिरिएको छ। ११६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्रै बनाएको हो।नेपालका लागि आशिफ शेखले सर्वाधिक ४२ रन बनाए । यस्तै अनिल साहले २७ रन बनाए। दक्षिण अफ्रिकाका तबरइज शम्सीले ४ विकेट लिए भने एडन मारक्रम र एनरिच जोर्टजेले समान १–१ विकेट लिए।टस हारेर पहिले ब्यटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको थियो। दक्षिण अफ्रिकाका रेजा हेनड्रिक्कसले सर्वाधिक ४३ रन बनाए। यस्तै ट्रीस्टन स्टबसले २७ र कप्तान एडन म
इटहरी । नेपालले तेस्रो विकेट गुमाएको छ । आइसीसी टी–२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याइरहेको नेपालले तेस्रो विकेट गुमाएको हो ।नेपालका अनिल साह २७ रन बनाएर आउट भएका हुन् । यसअघि नेपालका कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए भने कप्तान रोहित पौडेल शून्य रनमा आउट भएका थिए । जारी खेलको १५ ओभरमा नेपालले ३ विकेटको क्षतिमा ९१ रन बनाएर खेलिरहेको छ ।
इटहरी । अमेरिका आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ मा प्रवेश गरेको छ । वर्षा नरोकिएपछि आयरल्याण्डसँग अंक बाँड्दै अमेरिका समूह ‘ए’ बाट सुपर–८ मा प्रवेश गरेको हो । आयरल्याण्डसँग अंक बाँड्दै अमेरिका सुपर–८ मा प्रवेश गरेसँगै पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ ।सेन्ट्रल ब्राडवार्ड रिजनल पार्क रंगशालामा खेल वर्षाका कारण टससमेत नभई रद्द भएपछि अमेरिकाले चार खेलबाट ५ अंक जोडेर सुपर–८ मा स्थान सुरक्षित गरेको हो । ३ खेलबाट २ अंक जोडेको पाकिस्तान तालिकाको तेस्रो स्थानमा छ । ३ खेलबाट ६ अंक जोडेको भारत भने समूह ‘ए’ बाट यसअघि नै सुपर –८ मा प्रवेश गरिसकेको छ ।समूह चरणबाटै बाहिरिएको पाकिस्तान पहि
इटहरी - टी–ट्वेन्टी विश्वकपमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्यटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११६ रन बनाएको हो।दक्षिण अफ्रिकाका रीजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए। ट्रिस्टन स्टब्सले २७ तथा मार्करमले १५ रन बनाए।नेपालका लागि कुशल भुर्तेलले ४ तथा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए।
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले दक्षिण अफ्रिकाविरुद्ध जित्ने मनसायले मैदानमा जाने बताएका छन् । दक्षिण अफ्रिकाविरुद्धको खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले सुपर आठमा छनौट हुन दक्षिण अफ्रिका र बंगलादेश दुवैलाई जित्नु पर्ने अवस्था रहेको बताउँदै दक्षिण अफ्रिकाविरुद्ध खेल्न उत्साहित रहेको बताएका छन् ।उनले दक्षिण अफ्रिकाले राम्रो क्रिकेट खेलिरहेको बताउदै वेस्ट इन्डिजको कन्डिसन बारे आफुहरु स्पष्ट नभएको बताउदै कप्तान रोहितले आफुहरुले कन्डिसन एडप्ट गरेर खेल्ने बताए । उनले वेस्ट इन्डिजमा पनि ब्याट्सम्यानलाई रन बनाउन गराउन गाह्रो हुने बताए । रोहितले द
काठमाडौं । जारी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले सुपर–८ मा स्थान पक्का गरेको छ । अन्तिम खेल बाँकी हुँदै अफगानिस्तानले लगातार तीन खेलमा जित निकाल्दै सुपर–८ मा स्थान बनाएको हो ।समूह ‘सी’ मा अफगानिस्तानले पपुवा न्युगिनी (पिएनजी) लाई ७ विकेटले पराजित गरेसँगै न्युजिल्याण्ड भने समूह चरणबाटै बाहिरिएको छ । समूहबाट वेष्ट इण्डिज र अफगानिस्तान अपराजित रहँदै सुपर–८ मा प्रवेश गरे । अब अन्तिम खेलमा यी दुईबीच अपराजित रहने दौडका लागि प्रतिस्पर्धा हुनेछ ।टस हारेर पहिले ब्याटिङ गरेको पिएनजीले अन्तिम बल बाँकी हुँदा अलआउट हुँदै ९५ रन बनाएको थियो । उसका लागि किप्लिङ दोरीगाले २७ रन बनाउनु सर्वाधिक रह्यो ।
इटहरी । आईसीसी टी–२० विश्वकप अन्तर्गतका बाँकी दुई खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली वेस्ट इन्डिज पुगेको छ।बिहीबार दिउँसो नै वेस्ट इन्डिज पुग्ने तयारीमा रहेको नेपाली टोली खराब मौसमका कारण फ्लोरिडामा नै रोकिएको थियो। लगातार वर्षाका कारण उडान रद्ध भएपछि नेपाली टोली बिहीबार राति मात्र वेस्ट इन्डिज पुगेको हो। वेस्ट इन्डिज पुगेको नेपाली टोलीले त्यहाँ सन्दीपसहित अभ्यास समेत गरिसकेको छ। नेपालस्थित अमेरिकी दुतावासले दुई पटक सन्दीपको भिसा आवेदन रद्ध गरेपछि उनी बाँकी दुई खेलका लागि वेस्ट इन्डिज पुगेका थिए। नेपालले शनिबार बिहान दक्षिण अफ्रिकासँग खेल्ने तालिका छ। सो खेल बिहान सवा ५ बजे
इटहरी - आईसीसी टी–२० विश्वकपमा बङ्ग्लादेशले नेदरल्याण्ड्सलाई हराएको छ । गएराति भएको खेलमा बङ्ग्लादेशले नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको हो । बङ्ग्लादेशले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाउन सक्यो ।नेदरल्याण्ड्सका लागि एनगेलब्रेक्टले सर्वाधिक ३३ रन बनाए । बङ्ग्लादेशका होसेनले ३ विकेट लिए । त्यसअघि सेन्ट भिन्सेन्टमा टस गरेर पहिला ब्याटिङ गरेको बङ्ग्लादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । उसका शाकीब अल हसनले सर्वाधिक ६४ रन बनाए । नेदरल्याण्ड्सका आर्यन दत्त र पल भ्यान मिकरनले २–२ विकेट लिए ।ज
सुनसरी : लगातार तेस्रो जित निकाल्दै वेस्ट इन्डिज आईसीसी टी–२० विश्वकपको सुपर एटमा प्रवेश गरेको छ। ब्रायन लारा क्रिकेट मैदानमा आज बिहान भएको खेलमा न्यूजिल्याण्डलाई १३ रनले पराजित गर्दै वेष्ट इन्डिज सुपर एटमा प्रवेश गरेको हो। वेस्ट इन्डिजले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो।न्यूजिल्यान्डका लागि ग्लेन फिलिप्सले ३३ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४० रन बनाए। मिचेल स्यान्टेनरले १२ बलमा ३ छक्काको सहयोगमा अविजित २१ रन बनाए। ओपनर फिन एलेनले २३ बलमा २६ तथा ड्यारियल मिचेलले १२ रन बनाए।वेस्ट इन्डिजका लागि अल्जारी जोस
इटहरी - नेपाल र श्रीलंका बिचको खेल वर्षा बाधक बन्दा रद्द भएको छ ।