खेलकुद

    Showing ४४१-४५० of ५७५ items.
  • पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडी सहभागी हुने

    इटहरी । फ्रान्सको पेरिसमा यही जुलाई २६ देखि अगष्ट ११ सम्म आयोजना हुने ३३ औं गृष्मकालीन ओलम्पिकमा नेपालबाट ७ खेलाडीले सहभागिता जनाउने भएका छन् । नेपाल ओलम्पिक कमिटीका अनुसार प्रतियोगितामा चार महिला र तीन पुरुष सहभागी हुनेछन् ।नेपालबाट सहभागी हुने खेलाडीहरू अहिले देश तथा विदेशमा प्रशिक्षणमा रहेको कमिटीले जानकारी दिएको छ । नेपालबाट ब्याडमिन्टनमा प्रिन्स दाहाल, टेवल टेनिसमा सान्टू श्रेष्ठ र सुटिङमा सुस्मिता नेपालले प्रतिस्पर्धा गर्नेछन् । यस्तै पौडीमा अलेक्जेन्डर शाह र डुवाना लामा, एथ्लेटिक्समा सन्तोषी श्रेष्ठ र जुडोमा मनिता श्रेष्ठ प्रधानले भाग लिनेछन् ।

    • प्रकाशित मितिः असार २०, २०८१
    • ३०० पटक पढिएको
  • युरोकप :अष्ट्रियालाई हराउँदै टर्की क्वार्टर फाइनलमा

    एजेन्सी । अष्ट्रियालाई हराउँदै टर्की युरोकपको क्वार्टर फाइनल पुगेको छ । जर्मनीको लाइप्जिगमा गए राति भएको खेलमा टर्कीले २–१ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो । टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । अष्ट्रियाले खेलको अन्त्यतिर लगातार आक्रमण बुन्दै गोल फर्काए पनि बराबरी भने गर्न सकेन ।खेलको पहिलो मिनेटमै डेमीरालले टर्कीलाई गोल दिलएका थिए । आर्डा गुलरको कर्नरमा आएको बललाई अष्ट्रियाको डिफेन्सले क्लियर गरे पनि डेमीरालले ६ यार्ड बक्सभित्रबाट गोल गर्न सफल भए । दोस्रो हाफको ६६ औं मिनेटमा गुलरकै कर्नरमा उनले हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर पारे । ६६ औं मिनेटमा अष्ट

    • प्रकाशित मितिः असार १९, २०८१
    • २५७ पटक पढिएको
  • भारतलाई विश्वकप जिताएपछि रोहित र विराटले लिए ट्वान्टी–२० आइ क्रिकेटबाट सन्यास

    एजेन्सी । भारतलाई १७ वर्षपछि विश्वकप उपाधि जिताएसँगै भारतीय कप्तान रोहित शर्माले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । शनिबारको खेलपछिको पत्रकार सम्मेलनमा कप्तान शर्माले ट्वान्टी–२० विश्वकपको फाइनल नै उनको टवान्टी–२० अन्तर्राष्ट्रिय करिअरको अन्तिम खेल भएको बताएका हुन् ।रोहित शर्माले पत्रकार सम्मेलनमा भने, ‘यो मेरो अन्तिम प्रतिस्पर्धा गियो । मैले हरेक क्षणलाई प्रेम गरेको छु । म यही चाहन्थेँ । म भारतलाई विश्वकप जिताउन चाहन्थेँ ।’ रोहित शर्माले टेष्ट र एकदिवसीय क्रिकेट भने खेलिरहने छन् । उनकै नेतृत्वमा भारतले १७ वर्षपछि विश्वकप उपाधि जित्न सफल भएको छ । पूरा प्रतियोगिता अ

    • प्रकाशित मितिः असार १६, २०८१
    • २८६ पटक पढिएको
  • डेनमार्कलाई हराउँदै आयोजक जर्मनी क्वार्टर फाइनलमा

    एजेन्सी । डेनमार्कलाई पराजित गर्दै आयोजक जर्मनी युरोकप फूटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । शनिवार राति डर्टमुन्डमा भएको अन्तिम १६ को खेलमा डेनमार्कलाई २–० गोल अन्तरले हराउँदै जर्मनी अन्तिम ८ मा पुगेको हो ।घरेलु टोली जर्मनीको जितमा काई हाभट्ज र जमाल मुसाइलाले एक–एक गोल गरे । पहिलो हाफको ३५ औं मिनेटमा खराब मौसमका कारण खेल केहीबेर स्थगित भएको थियो । त्यो बेलासम्म कुनै गोल भएको थिएन । फेरि सुचारु भएको खेलको ५३ औँ मिनेटमा जर्मनीले पेनाल्टी पायो । त्यसलाई हाभट्जले गोलमा परिणत गरेका हुन् । यस्तै खेलको ६८ औँ मिनेटमा गोल गर्दै मुसाइलाले जर्मनीको जीत सुनिश्चित गराए ।खेलमा दुवैतर्फबाट भ

    • प्रकाशित मितिः असार १६, २०८१
    • २३४ पटक पढिएको
  • भारतले १७ वर्षपछि जित्यो टी–२० वल्डकपको दोश्रो उपाधि

    इटहरी  :आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ।आज राति वेस्ट इण्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि दोस्रो उपाधि उपाधि जितेको हो ।१० वर्षपछि विश्वकपको फाइनलमा पुगेको भारतसँग पहिलो पटक विश्वकपको फाइनलमा पुगेको दक्षिण अफ्रिका भने स्तब्ध भयो।भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन मात्र बनाउन सक्यो। दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ५१, क्विन्टन डी ककले ३९, ट्रिस्टन स्टब्सले ३१ र डेभिड मिलरले २१ रन बनाएपनि हार टार्न सकेनन्।बलिङतर्फ भा

    • प्रकाशित मितिः असार १६, २०८१
    • ५११ पटक पढिएको
  • कोपा अमेरिका : कोस्टारिकालाई हराउँदै कोलम्बिया क्वार्टर फाइनलमा

    एजेन्सी । कोपा अमेरिका फुटबलमा कोलम्बिया क्वार्टर फाइनलमा प्रवेश गरेको छ । आज (शनिबार) बिहान सकिएको खेलमा कोलम्बियाले कोस्टारिकालाई ३–० गोल अन्तरले पराजित गर्दै एक खेल अगावै अन्तिम ८ मा स्थान बनाएको हो ।समूह ‘डी’ मा कोलम्बिया ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । कोस्टारिकाको पहिलो हार हो । यसअघिको खेलमा कोस्टारिका ब्राजिलसँग बराबरीमा रोकिएको थियो । एरिजोनामा भएको खेलमा कोलम्बियाले ३१ औं मिनेटमा अग्रता लिएको थियो । कोस्टारिकाका गोलकिपर पेट्रिक सेक्वेराले कोलम्बियाका जोन कोर्डोबालाई फल गरेपछि पेनाल्टी दिइएको थियो । पेनाल्टीलाई लुइस डियाजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए ।५९औं मिनेटमा जोन एरि

    • प्रकाशित मितिः असार १५, २०८१
    • ३६४ पटक पढिएको
  • टी–२० विश्वकप क्रिकेट उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका भिड्दै

    एजेन्सी । आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज (शनिबार) भारत र दक्षिण अफ्रिका भिड्दै छन् । फाइनल खेल नेपाली समय अनुसार आज बेलुका सवा ८ बजे बिज्रटाउनमा शुरु हुनेछ । भारत अस्ती भएको दोस्रो सेमिफाइनलमा साविक विजेता इङल्याण्डलाई ६८ रनले हराउँदै उपाधि नजिकै पुगेको हो ।भारतले यसअघि एक पटक मात्रै उपाधि जितेको छ । उसले पहिलो संस्करण सन् २००७ मा उपाधि जितेको थियो । त्यसपछि सन् २०१४ मा फाइनलमा पुगेको भारत श्रीलंकासँग पराजित भएको थियो । दक्षिण अफ्रिकाले पहिलो पटक फाइनल खेल्दैछ । उसले पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई नौ विकेटले हराएर फाइनलमा पुगेको हो ।दक्षिण अफ्रिका २००९ र २०१४ मा सेमिफाइन

    • प्रकाशित मितिः असार १५, २०८१
    • १८१ पटक पढिएको
  • विश्वकप क्रिकेट : इङ्ल्याण्डलाई रोमाञ्चक रुपमा हराउँदै भारत फाइनलमा

    एजेन्सी । भारत आइसिसी टी–ट्वेन्टी विश्वकपको फाइनल प्रवेश गरेको छ । गए राति भएको सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई ६८ रनले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।गुयनामा भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्दै भारत तेस्रो पटक टी–ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको हो । भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्ड खराब ब्याटिङ प्रदर्शन गर्दै १६ दशलमव ४ ओभरमा १३ रनमा समेटियो । इङ्ल्याण्डका ओपनर जस बटलरले १५ बलमा ४ चौकासहित २३ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । तर चौथो ओभरको पहिलो बलमा उनलाई अक्षर पटेलले आउट गरे । पाँचौं ओभरमा फिल साल्ट ५ रन बनाउँदा जसप्रित

    • प्रकाशित मितिः असार १४, २०८१
    • २४८ पटक पढिएको
  • टी–२० विश्वकप : भोलिदेखि सेमिफाइनलका खेल

    काठमाडौँ । जारी टी– २० विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । सेमिफाइनलमा भारत, अफगानिस्तान, दक्षिण अफ्रिका र इङ्ल्याण्ड पुगेका छन् ।सुपर आठको समूह–१ बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका छन् भने अस्ट्रेलिया र बंगलादेश बाहिरिएका छन् । त्यस्तै समूह–२ बाट दक्षिण अफ्रिका र इङल्याण्ड सेमिफाइनलमा पुगेका छन् भने वेस्ट इन्डिज र अमेरिका बाहिरिएका छन् । अब सेमिफाइनलका दुवै खेल बिहीबार हुनेछन् । बिहीबार बिहान पहिलो सेमिफाइनल खेल दक्षिण अफ्रिका र अफगानिस्तानबीच हुनेछ । ट्रीनाडस्थित ब्रायन लारा स्टेडियममा हुने पहिलो सेमिफाइनल खेल नेपाली समय अनुसार विहान ६ः१५ बजेदेखि शुरु हुनेछ ।दक्षिण अफ्रिका

    • प्रकाशित मितिः असार १२, २०८१
    • २३१ पटक पढिएको
  • विशवकप क्रिकेट : अफगानिस्तानले बंगलादेशलाई दियो ११६ रनको लक्ष्य

    इटहरी । आईसीसी टी–२० विशवकप क्रिकेटको सुपर ८ अन्तर्गत अफगानिस्तानले बंगलादेश समक्ष ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको अफगानिस्तानले निर्धारित ओभरमा ५ विकेट गुमाएर ११५ रन मात्रै बनाउन सक्यो ।एर्नोस भेले ग्राउन्डमा जारी खेलमा अफगानिस्तानका लागि ओपनर ब्याट्सम्यान रहमानुल्लाह गुरबाजले सर्वाधिक ४३ रनको पारी खेले भने अन्य कुनै पनि खेलाडी बंगलादेशी बलरहरूका सामु धेरैबेर टिक्न सकेनन् ।अजमतुल्लाह ओमरजाई १०, मोहम्मद नाइब १, इब्राहिम जदरान १८ रनमा आउट भए भने कप्तान राशिद खानले नट आउट रहँदै १९ र करिम जनतले नट आउट रहँदै ७ रन बनाए । बंगलादेशका लागि रिसाद होसेनले स

    • प्रकाशित मितिः असार ११, २०८१
    • ४२४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल