खेलकुद

    Showing ४२१-४३० of ५७५ items.
  • अमेरिकाका लाइल्सले जिते १०० मिटरमा स्वर्ण, बने विश्वकाे सबैभन्दा छिटो दौड्ने व्यक्ति

    एजेन्सी । जारी पेरिस ओलम्पिकको पुरुष सय मिटर दौडमा अमेरिकाका नूह लाइल्सले स्वर्ण पदक जितेका छन् । योसँगै उनी विश्वका सबैभन्दा छिटो दौडिने व्यक्ति बनेका छन् ।उनले सय मिटरको दूरी ९.७८४ सेकेण्डमा पार गरेका हुन् । त्यस्तै जमैकाका किशाने थम्पसनले सो दूरी ९.७८९ सेकेण्डमा पार गरेर रजत पदक जिते भने अमेरिकाकै फ्रेड केर्लीले ९.८१ सेकेण्डमा पार गर्दै काश्य पदक जितेका छन् ।  लायल्सले पेरिस ओलम्पिक आउनुअघि एक सय र दुई समय मिटरका विश्व च्याम्पियन थिए ।

    • प्रकाशित मितिः साउन २१, २०८१
    • ४२२ पटक पढिएको
  • नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट वर्ल्ड कप लिग टूका लागि २२ क्रिकेटरलाई बन्द प्रक्षिणमा बोलायो

    नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट वर्ल्ड कप लिग टूका लागि २२ क्रिकेटरलाई बन्द प्रक्षिणमा बोलाएको छ । कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, देव खनाल, भीम सार्की, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद र सोमपाल कामी,करण केसी, गुल्सन झा, कमल सिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल र सन्दीप जोरा लाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।।

    • प्रकाशित मितिः साउन २०, २०८१
    • ३९२ पटक पढिएको
  • पेरिस ओलम्पिकको फुटबलमा अर्जेन्टिनालाई हराउँदै फ्रान्स सेमिफाइनलमा

    एजेन्सी। जारी पेरिस ओलम्पिकको फुटबलको सेमिफाइनलको समीकरण पुरा भएको छ । गए राति सम्पन्न क्वाटर फाइनलका खेलहरु सकिएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो ।जस अनुसार फ्रान्स, स्पेन, मोरक्को र इजिप्ट सेमिफाइनलमा पुगेका हुन् । सेमिफाइनलमा फ्रान्सले इजिप्टसँग र मोरक्कोले र स्पेनसँग खेल्ने छन् । सेमिफाइनलका खेलहरु सोमबार हुनेछन् ।क्वाटर फाइनलमा फ्रान्सले अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गरेको थियो । यस खेलमा खेलको पाँचौं मिनेटमा नै फ्रान्सले अग्रता लिएको थियो र सोहि गोल खेलको निर्णायक गोल बनेको थियो । क्ल्हेल सकिएपछि फ्रान्स र अर्जेन्टिनाका खेलाडी र अफिसियलबीच भएको लडाई अहिले निक

    • प्रकाशित मितिः साउन १९, २०८१
    • ७७१ पटक पढिएको
  • काभा महिला भलिबल : आज नेपाल र भारत भिड्दै

    इटहरी । सेन्ट्रल एशिया भलिबल एशोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा आज (शनिबार) नेपाल र भारत भिड्दै छन् । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा दिउँसो ३ बजे शुरु हुनेछ ।  नेपालको यो दोस्रो खेल हो । भारत लगातार तेस्रो खेल हो ।शुक्रबार भारतले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । नेपालले पहिलो खेलमा श्रीलंकालाई २५–१९, २५–१८, २५–१९ ले हराएको थियो । नेपाल र भारतसहित इरान, श्रीलंका र माल्दिभ्स प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता साउन २३ गतेसम्म चल्नेछ ।

    • प्रकाशित मितिः साउन १९, २०८१
    • २८३ पटक पढिएको
  • पेरिस ओलम्पिक : नेपालले आज सुटिङ र पौडीमा प्रतिस्पर्धा गर्ने

    काठमाडाैं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत आज (आइतबार) नेपालका खेलाडीले दुई खेलमा आफ्नो चुनौती प्रस्तुती गर्नेछन्। ओलम्पिकमा आज नेपाल सहभागी रहेको सुटिङ र पौडीको खेल रहेको छ। नेपालकी सुस्मिता नेपालले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन्। उनको खेल फ्रान्सेली समयअनुसार बिहानको सवा ९ बजे हुने छ। आजै हुने अर्को खेलमा पौडीमा डुवाना लामाले हिट चरणमा प्रतिस्पर्धा गर्नेछिन्। डुवानाको खेल फ्रान्सेली समय अनुसार दिउँसो १२ः५ मा रहेको छ। यसअघि शनिबार राति भएको खेलमा टेवल टेनिसका स्यान्टु श्रेष्ठ र ब्याडमिन्टनका प्रिन्स दाहाल सोझो सेटमा पराजित भएका थिए। पेरिस ओलम्पिकको ३३ औँ संस्

    • प्रकाशित मितिः साउन १३, २०८१
    • ३१२ पटक पढिएको
  • सन्दीप र दीपेन्द्र सम्मिलित टोलीको लगातार दोस्रो हार

    काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरि र लेग स्पिनर सन्दीप लामिछानेसम्मिलित भेनकुवर नाइट्सले क्यानेडियन लिग ग्लोबल टी–२० मा लगातार दोस्रो हार व्यहारेको छ। शनिबार राति भएको खेलमा सन्दीप र दीपेन्द्रको टोली भेनकुवर बंगाल टाइगर्ससँग २२ रनले पराजित भएको हो। बंगाल टाइगर्सले दिएको १ सय ५३ रनको लक्ष्य पछ्याएको भेनकुवरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३० रन मात्र बनाउन सक्यो। भेनकुवरका हर्ष ठाकेरले सर्वाधिक ७९ रनको अविजित पारी खेलेपनि टोलीको हार टार्न सकेनन्। उनले ६७ बलमा ३ चौका र ५ छक्का प्रहार गरे। ड्वाइन प्रेट्रोइस २९ रन बनाउँदा सकिव अ

    • प्रकाशित मितिः साउन १३, २०८१
    • ४३२ पटक पढिएको
  • भारतसँग पराजयपछि कप्तान बर्मा- यसपटक धेरै सिक्ने अवसर पायौँ, टोलीको खेलमा गर्व छ

    काठमाडाैं । एसीसी महिला एसिया कपमा साविक विजेता भारतसँग ८२ रनले पराजित भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले आफूहरू अझै बलियो भएर आउने बताएकी छिन्।खेलपछि कप्तान बर्माले भनिन्, ‘यसपटक हामीले धेरै सिक्ने अवसर पायौँ। भारत र पाकिस्तानविरुद्धको खेलमा सिक्ने राम्रो मौका मिल्यो।’ उनले थपिन्, म मेरो टोलीको खेलप्रति गर्व गरिरहेको छु। हामी राम्रो खेलेका थियौँ, केही कमजोरीहरु थिए त्यसलाई सुधार गर्दै आउने दिनमा अझै राम्रो गर्नेछौँ।’ नेपालले तेस्रोपटक एसिया कप खेल्ने मौका पाएको हो। यसअघि सन् २०१२ र २०१६ मा नेपाल जितविहीन हुँदै एसिया कपको समूह चरणबाटै बाहिरिएको थियो। तर यसपटक

    • प्रकाशित मितिः साउन ९, २०८१
    • ५१५ पटक पढिएको
  • महिला एशिया कप : आज नेपालले भारतको सामना गर्दै

    इटहरी । जारी महिला एशिया कप अन्तर्गत आज (मंगलबार) नेपालले भारतको सामना गर्दैछ । यो खेल आज नेपाली समय अनुसार साँझ ७ः१५ बजेदेखि शुरु हुँदैछ ।यस प्रतियोगितामा भारतले लगातार २ खेल जितेको छ भने नेपालले एक जित र एक हार व्यहोरेको छ । भारतले पाकिस्तान र युएईलाई पराजित गरेको थियो भने नेपालले युएईलाई पराजित गरेको थियो र पाकिस्तानसँग पराजित भएको थियो ।त्यस्तै समूह ‘ए’ अन्तर्गत आजै पाकिस्तान र युएईबीच खेल हुँदैछ । यो खेल नेपाली समय अनुसार दिउँसो २ः१५ बजेदेखि शुरु हुँदैछ । यस प्रतियोगितामा पाकिस्तानले २ खेलमा एक जित र एक हार व्यहोरेको छ भने युएईले दुवै खेलमा हार व्यहोरेको छ ।एशिया कप खेल्ने नेपाली टिमइन्दु

    • प्रकाशित मितिः साउन ८, २०८१
    • २८२ पटक पढिएको
  • महिला एशिया कप : पाकिस्तानमाथि भारत सात विकेटले विजयी

    इटहरी । जारी महिला एशिया कपमा भारतले विजयी शुरुवात गरेको छ । समूह ‘ए’ अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । पाकिस्तानले दिएको १०९ रनको लक्ष्य पछाएको भारतले १४.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।यसअघि पाकिस्तानले १९.२ ओभरमा अल आउट हुँदै केवल १०८ रन बनाएको थियो । यसअघि शुक्रबार नै सम्पन्न समूह अन्तर्गतको खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको थियो । अब भारतले अर्को खेल आइतबार यूएईसँग खेल्ने छ भने आइतबार नै पाकिस्तानले नेपालसँग खेल्ने छ ।

    • प्रकाशित मितिः साउन ५, २०८१
    • १९० पटक पढिएको
  • अल्ट्रा ट्रेल दौडमा चम्कँदै नेपाली नारीहरु

    काठमाडौं । उनीहरु अधिकांशको बाल्यकाल पहाडी र हिमाली क्षेत्रमा घाँस–दाउरालगायतका दैनिकीमै बित्यो ।पहाडका उकाली र ओराली छिचोल्दै अघि बढेका उनीहरुका पाइला कतिबेला दौडिन थाले उनीहरु आफैले मेसो पाएनन् । गाउँघरका अप्ठ्यारा बाटोमा हिँड्न सिकेका उनीहरुका पाइला यतिबेला विश्वका विभिन्न देशमा आयोजना हुने प्रतियोगितामा दौडिरहेका छन् ।कति लहैलहैमा त कतिपय रहरले दौडिन सुरु गरेका उनीहरु अहिले यसैमा करिअर खोजिरहेका छन् । त्यति मात्रै होइन, दौडिएरै नेपाल र नेपालीको नाम विश्वमा चम्काइरहेका छन् । धावकका रुपमा करिअर बनाउँदै गरेका उनीहरुलाई थप प्रतिष्पर्धी बनाउन र अन्तर्राष्ट्रियस्तरमा अवसर दिलाउने सहयोगी भूम

    • प्रकाशित मितिः साउन ३, २०८१
    • १८८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल