खेलकुद

    Showing ४११-४२० of ५७५ items.
  • रोनाल्डोले खोले युट्युब च्यानल, ११ घण्टामै ९.७४ मिलियन सब्स्क्राइबर

    एजेन्सी । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो युट्युबमा आएका छन् । रोनाल्डोले बुधबार आफ्नो नयाँ युट्युब च्यानल UR Cristiano सार्वजनिक गर्दै युट्युबमा आएका हुन् । सामाजिक सञ्जालमा विश्वमै सबैभन्दा बढी फलोअर भएका रोनाल्डो अहिलेसम्म युट्युबमा आधिकारिक रूपमा आएका थिएनन् । युट्युबमा उनले केही भिडियो समेत शेयर गरेका छन् ।उनले युट्युब च्यानलमार्फत आफ्नोबारे थप जानकारी हासिल गर्न सकिने बताएका छन् । युट्युब च्यानल खोलेको ११ घण्टामै ९.७४ मिलियनले रोनाल्डोको च्यानललाई सब्सक्राइब गरेका छन् । रोनाल्डोको सामाजिक सञ्जाल एक्समा ११२.५ मिलियन, फेसबुकमा १७० मिलियन तथा इन्स्टाग्राममा ६३६ मिलिय

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • ३६० पटक पढिएको
  • महिला टी– २० विश्वकप यूएईमा हुने, आयोजक बंगलादेश नै रहने

    काठमाडाै । आईसीसी महिला टी– २० विश्वकप, २०२४ यूएईमा हुने भएको छ । यसअघि बंगलादेशमा हुने भनिएको महिला टी–२० विश्वकप अब यूएईमा हुने भएको आईसीसीले जानकारी दिएको छ ।अक्टोबर ३ देखि ३० सम्म हुने महिला टी–२० विश्वकप यूएईको दुबई र शारजाहमा हुने भएको छ । आईसीसीले प्रतियोगिताको आयोजना स्थल मात्र बंगलादेशबाट यूएईमा सरेको दिँदै आयोजक भने बंगलादेश क्रिकेट बोर्ड नै रहने जानकारी दिएको छ ।बंगलादेशमा भएको आन्दोलन र नयाँ सरकार गठन पछि जारी गरिएका कैयौं प्रतिबन्धका कारण प्रतियोगिता यूएई सारिएको आईसीसीले जनाएको छ । यस विश्वकपमा आयोजक बंगलादेशसहित १० देशले भाग लिँदै छन् । जसमा बंगलादेशसहित अस्ट्रेलिया, इङल्याण्ड,

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • २७१ पटक पढिएको
  • नेपाल प्रिमियर लिग यो पटक ‘क्यान’ आफैले आयोजना गर्दै, लोगो सार्वजनिक

    इटहरी । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको टी–२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो सार्वजनिक गरिएको छ । क्यानले आज (सोमबार) साँझ होटल सोल्टीमा लोगो सार्वजनिक गरेको हो । खेलकुद मन्त्री तेजुलाल चौधरीले एनपिएलको लोगो अनावरण गरेका हुन् ।लिगको मिति समेत सार्वजनिक गरिएको छ । क्यानले आगामी मंसिर १५ देखि पुस ६ सम्म प्रतियोगिता आयोजना गर्ने समेत घोषणा गरेको छ । क्यानको महत्वाकांक्षी परियोजनाको रुपमा प्रतियोगिता आफै आयोजना गर्न लागेको हो । यसअघि क्यानले दुई वर्षअघि नेपाल टी–२० लिग नाममा भारतीय कम्पनीलाई आयोजनाको अधिकार बेचेको थियो । तर सो लिग विवादित बन

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • ३३४ पटक पढिएको
  • विश्व कीर्तिमान बनाउन ४६०० सय मिटर उचाइमा गल्फ प्रतियोगिता

    काठमाडाैं । विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा आयोजना गरिएको तेस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधि इन्द्रधारा विष्टले जितेका छन्। लोमान्थाङ गाउँपालिका र मुस्ताङ गल्फ कोर्सले आयोजना गरेको प्रतियोगिताको महिलातर्फको उपाधि भने पोखराकी बालकाशी गुरुङले जितिन्। समुद्री सतहबाट ४ हजार ६ सय ४५ मिटर उचाइमा अवस्थित लेवथाङमा आयोजना गरिएको यस प्रतियोगिता विश्वकै उच्च स्थानको गल्फ प्रतियोगिता भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले दाबी गरे। गण्डकी प्रदेशका पूर्व प्रदेशसभा सदस्य विजयी विष्टले नौ होलको खेलमा तीन अन्डर हान्दै २१ स्कोर बटुले।

    • प्रकाशित मितिः भदौ २, २०८१
    • ४०२ पटक पढिएको
  • साफ यू–२० च्याम्पियनसिप आजदेखि : उदघाटन खेलमा नेपाल र श्रीलंका भिड्दै

    काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिता आज (आइतबार) देखि सुरु हुँदैछ । उद्घाटन खेलमा आज घरेलु टोली नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।यसअघि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रथंशालामा उद्घाटन खेल हुने भनिए पनि खराब मैदानका कारण खेल एन्फा कम्प्लेक्समा सरेको हो । एन्फा कम्प्लेक्समा हुने खेल हेर्नका लागि ३ सय रूपैयाँ टिकट दर तोकिएको छ ।च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्र सहभागी छन् । सहभागी ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश र श्रीलंका रहेका छन्

    • प्रकाशित मितिः भदौ २, २०८१
    • ४११ पटक पढिएको
  • रियल मड्रिडले जित्यो यूईएफए सुपर कपको उपाधि

    एजेन्सी । यूईएफए सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । पोल्याण्ड वार्सा नेसनल स्टेडियममा गए राति भएको खेलमा इटालियन क्लब एटलान्टालाई २–० ले पराजित गर्दै मड्रिडले उपाधि जितेको हो ।रियलका लागि केलियन एमबाप्पेले डेब्यू गोल गरे । डेब्यु खेलमा उपाधि उचाल्दै उनले मड्रिडको यात्रा शुरू गरेका छन् । यस्तै अर्को गोल फेडरिक भेलभेर्डले गरे ।५८औं मिनेटमा फेडरिकले भिनिसियस जुनियरको पासमा गऊल गर्दै रियललाई अग्रता दिलाएका थिए । ६८औं मिनेटमा एमबाप्पेले जुड बेलिङघमको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे । रियलले यसअघि सन् २००२, २०१४, २०१६, २०१७ र २०२२ मा पनि यूईएफए सुपर कपको उपाधि जितेको थियो । 

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • ३९० पटक पढिएको
  • पेरिस ओलम्पिक : म्याराथनमा आज नेपालकी सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्दै

    एजेन्सी । नेपाली म्याराथन धाविक सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक–२०२४ मा आज (आइतबार) महिला म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन् । नेपालबाट यस ओलम्पिकमा सहभागी ७ खेलाडीमध्ये एथ्लेटिक्सकी सन्तोषी चुनौती प्रस्तुत गर्ने अन्तिम नेपाली खेलाडी हुन् ।सन्तोषी युनिभर्सियालिटी कोटाबाट पहिलोपटक ओलम्पिकमा सहभागी भएकी हुन् । १० दिनअघि पेरिस पुगेकी सन्तोषीले त्यहाँको वातावरणमा घुलमिल नै अभ्यास समेत गरेकी थिइन् । राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्यसहित पेरिस पुगेकी सन्तोषीले म्याराथनको कोर्स देखेर सुरुमा केही हच्किए पनि पुरुष म्याराथनमा इथियोपियाका तोला तामिरले ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेपछि उत्साह बढेको बताए

    • प्रकाशित मितिः साउन २७, २०८१
    • ४०६ पटक पढिएको
  • पेरिस ओलम्पिक : स्पेनले जित्यो पुरुष फुटबलमा स्वर्ण

    काठमाडौं । आयोजक फ्रान्सलाई हराउँदै स्पेनले पेरिस ओलम्पिक–२०२४ अन्तर्गत पुरुष फुटबलमा स्वर्ण जितेको छ । पार्क डे प्रिन्सेसमा शुक्रबार राति भएको फाइनलमा फ्रान्सलाई ५–३ ले हराउँदै स्पेनले स्वर्ण जितेको हो । स्पेनको जितमा फर्मपन लोपेज र सर्जियो क्यामेलो समान दुई तथा एलेक्सन बेनाले एक गोल गरे । फ्रान्सका एन्जो मिलोट, म्याग्नेस अक्लिउचे र जीन –फिलिप माटेटाले गोल फर्काए । एन्जो मिलोटले ११औं मिनेटमै घरेलु टोलीलाई शुरूआती अग्रता दिलाएका थिए ।सात मिनेटपछि फर्मिन लोपेजले गोल गर्दै स्पेनलाई खेलमा फर्काए । त्यसपछि भने स्पेनले आफ्नो आक्रामक रूप प्रस्तुत गर्दै लगातार दुई गोल थप्यो । २५औं मिने

    • प्रकाशित मितिः साउन २६, २०८१
    • ४३० पटक पढिएको
  • ओलम्पिक फाइनलबाट निकालिएपछि विनेश फोगाटले लेखिन्–अलबिदा कुस्ती !

    एजेन्सी । पेरिस ओलम्पिकको कुस्तीको ५० केजी समूहको फाइनलमा बढी तौलका कारण अयोग्य भएकी भारतकी खेलाडी विनेश फोगाटले कुस्तीलाई अलविदा गरेकी छन् ।पेरिस ओलम्पिकको फाइनलबाट बाहिरिएपछि विनेशले सामाजिक सञ्जालमार्फत कुस्ती छोडेको घोषणा गरेकी छन् । विनेशले लेखेकी छन्, ‘आमा, कुस्तीले मलाई जित्यो, म हारें । माफ गर तिम्रो सपना, मेरो हिम्मत टुट्यो । मसँग अहिले यो भन्दा बल छैन । अलविदा कुस्ती २००१–२०२४’ उनले अगाडि लेखेकी छन्, ‘म तपाईहरु सबैको सधै ऋणी रहनेछु । क्षमा ।’उनलाई बुधबार ५० केजी समूहको फाइनलमा पुगेर स्वर्ण पदकको खेल खेल्नु अघि उनको तौल १०० ग्राम बढी भएको भन्दै फाइनल खेल अयोग्य घोषित गरिएको थियो ।&nbs

    • प्रकाशित मितिः साउन २४, २०८१
    • २८१ पटक पढिएको
  • काभा महिला भलिबल : उपाधिका लागि नेपाल आज भारतसँग भिड्दै

    काठमाडौं -नेपालले काभा महिला भलिबल नेसन्स लिग प्रतियोगिताको उपाधिका लागि आज (बुधबार) भारतसँग भिड्दै छ । फाइनल खेल बुधबार साँझ ५ बजे र इरान र श्रीलंकाबीच तेस्रो स्थानका लागि दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ ।नेपालले मंगलबार दोस्रो सेमिफाइनलमा इरानमाथि ३–० को सोझो सेटको जित निकाली भारतविरुद्धको फाइनल पक्का गरेको हो । पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई सहजै हराएको थियो । नेपाल लिग चरणमा दोस्रो र इरान तेस्रो हुँदै एक–आपसमा सेमिफाइनलमा भिडेका हुन् । पछिल्लो संस्करणमा नेपाल भारतसँग फाइनलमा पराजित भएको थियो । प्रतियोगिताको पहिलो र दोस्रो संस्करण नेपालले जितेको थियो । नेपालको उपाधिमाथि ह्या

    • प्रकाशित मितिः साउन २३, २०८१
    • ४३९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल