खेलकुद

    Showing ३८१-३९० of ५७५ items.
  • साफ सेमिफाइनल : नेपाल आज भारतसँग खेल्दै, आजै बंगलादेश र भुटान भिड्दै

    काठमाडौं । घरेलु मैदानमा जारी साफ महिला च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनल खेलमा नेपालले आज (आइतबार) भारतसँग खेल्दैछ । नेपाल र भारतबीचको खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजे सुरु हुनेछ । भारतलाई हराउँदै अघिल्लो यात्रा तय गर्ने दाउसाथ नेपाल मैदान उत्रनेछ ।नेपालले साफ च्याम्पियनसिपको सेमिफाइनलमा लगातार दोस्रोपल्ट भारतसँग खेल्न लागेको हो । सन् २०२२ मा दशरथ रंगशालामै भएको सेमिफाइनल खेलमा नेपालले भारतलाई १–० ले हराएर फाइनलमा पुगेको थियो । जुन साफ च्याम्पियनसिपमा भारतविरुद्ध नेपालको पहिलो जित थियो  ।अर्काे सेमिफाइनल खेलमा बंगलादेश र भुटान भिड्दै छन् । यी

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • २८४ पटक पढिएको
  • विश्वकप लिग–२ : आज अमेरिकालाई हराउने दाउमा नेपाल

    काठमाडाैं ।  आईसीसी विश्वकप क्रिकेट लिग–२ नेपालले आज (आइतबार) घरेलु टोली अमेरिकासँग खेल्दैछ। लिग–२ को त्रिकोणात्मक एक दिवसीय सिरिजको पहिलो खेलमा नेपालले अमेरिकासँग खेल्ल लागेको हो। नेपाल र अमेरिकाबीचको खेल राति सवा ९ बजे सुरु हुनेछ।नेपालले नेपालले दोस्रो खेलमा आगामी मंगलबार स्कटल्याण्डसँग, तेस्रो खेल कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा यस सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग कात्तिक १९ गते खेल्ने छ । लिग–२ का लागि लिगका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।टोलीमा कप्तान पौडेलसहित, कुशल भुर्तेल, आशिफ शेख, अनिल साह, भिम सार्की, आर

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • २०६ पटक पढिएको
  • साफ : पहिलो हाफमै माल्दिभ्सको पोस्टमा भुटानको ६ गोल

    काठमाडाैं । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह बी को खेलमा माल्दिभ्सविरुद्ध भुटानले पहिलो हाफमा नै फराकिलो अग्रता बनाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ सकिँदा भुटानले माल्दिभ्सविरुद्ध ६–० को फराकिलो अग्रता बनाएको हो। भुटानका लागि पेमा छोदेन छिरिङ र डेकी लाजोमले समान दुई गोल गरे। सोनाम छोदेन र नाम्गेल डेमाले समान एक गोल गरे। तेस्रो मिनेटमा सोनाम छोदेनको पेनाल्टी प्रहार मालदिभ्सकी गोलरक्षक अमिनाथ लिजाले जोगाईन्। पाचौँ मिनेटमा सोनामले गोल गर्दै भुटानलाई सुरुवाती अग्रता दिलाइन्। खेलको आठौँ मिनेटमा पेमा छोडेन छिरिङले तिन डिफेन्डरलाई बिट गर्दै बललाई प

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • ३०२ पटक पढिएको
  • एक दिवसीय अभ्यास खेल : नेपाल अमेरिकासँग पराजित

    काठमाडौँ । अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अमेरिका ‘ए’ टिमसँगको अभ्यास खेलमा पराजित भएको छ ।गए राति सम्पन्न अभ्यास खेलमा अमेरिका ‘ए’ ले नेपाललाई ४ विकेटले पराजित गरेको हो । पहिला ब्याटिंग गरेको नेपाली टिमले खेलमा २५.३ ओभरमा ८० रन बनाएर अल आउट भएको थियो ।जवाफमा अमेरिका ‘ए’ ले ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्दै ४ विकेटले खेल जितेको थियो । यस अभ्यास खेलमा लिग–२ को खेल अघि अमेरिका ‘ए’, नेपाल र स्कटल्याण्ड खेलिरहेका छन् । आज अभ्यास खेल अन्तर्गत अमेरिका ‘ए’ र स्कटल्याण्ड खेल्दै छन् ।

    • प्रकाशित मितिः कार्तिक ७, २०८१
    • २०२ पटक पढिएको
  • अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले हराउँदै नेपालले गर्‍यो टी-२० सिरिज ‘क्लिन स्विप’

    काठमाडाैं । नेपालले अमेरिकाविरुद्धको टी-२० आई सिरिज ‘क्लिन स्विप’ गरेको छ। सोमबार बिहान भएको अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले हराउँदै नेपालले सिरिज क्लिन स्विप गरेको हो। नेपालले एक खेलअगावै आइतबार सिरिज जितिसकेको थियो। पहिलो खेल १७ रनले जितेको नेपालले दोस्रो खेलमा सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले सिरिज जितेको थियो। सोमबार बिहान अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा भएको अन्तिम खेलमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ५ विकेट गुमाएर १५६ रन बनाएको थियो।अन्तिम खेलमा ओपनर आशिफ शेखले अर्धशतक बनाए। ३९ बलको सामना गरेका उनले ५ चौका र दुई छक्काको मद्दतमा ५० रन ब

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • ३८३ पटक पढिएको
  • साफ महिला च्याम्पियनसिप: समूह चरणको दोस्रो खेलमा आज माल्दिभ्सविरुद्ध भिड्दै नेपाल

    इटहरी । घरेलु टोली नेपालले साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेल आज (सोमबार) माल्दिभ्सविरुद्ध खेल्दैछ।त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा साँझ साढे ५ बजेदेखि खेल सुरु हुनेछ। च्याम्पियनसिपमा नेपाल पहिलो जितको खोजीमा आज मैदान उत्रँदैछ।समूह चरणको पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको नेपाललाई सेमिफाइनलमा स्थान बनाउन माल्दिभ्सलाई हराउनै पर्ने दबाब छ। माल्दिभ्सविरुद्धको खेलमा नेपालकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बा टोलीमा हुनेछिन्। व्यवसायिक लिगका लागि फ्रान्समा रहेकी साम्बा साफका लागि आइतबार राति नेपाल आइपुगेकी  हुन्। उता माल्दिभ्स पनि बलियो टोली नेपाललाई

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • २२९ पटक पढिएको
  • साफ च्याम्पियनसिपमा सहभागी हुन नेपाल आइन् साम्बा

    इटहरी । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा साफ महिला च्याम्पियनसिपका लागि स्वदेश आइपुगेकी छिन्। साम्बा आइतबार मध्यराति नेपाल आइपुगेकी हुन्। व्यवसायिक लिगका लागि फ्रान्सको शीर्ष डिभिजन क्लब एन अभान्टा गुएङ्ग्याम्पमा आवद्ध साम्बा राष्ट्रिय टोलीको जिम्मेवारी पूरा गर्न स्वदेश फर्किएकी हुन्।साम्बाको क्लबले नयाँ सिजनमा पहिलो जित दर्ता गर्दा उनले क्लबका लागि गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन्। साम्बा सम्भवत: आज सोमबार हुने माल्दिभ्सविरुद्धको खेलमा मैदान उत्रनेछिन्। च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो। जुन साफ इ

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • ३४० पटक पढिएको
  • अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

    इटहरी । अमेरिकाले तेस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सोमबार नेपालसामु जितका लागि १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अमेरिकाले डलासमा पाँच विकेट गुमाएर १५६ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको हो ।सात रन मात्र छँदा पहिलो विकेट गुमाएको अमेरिकाका लागि ओपनर साइतेज मुकामलले सर्वाधिक ६८ रन बनाए र उनले नै टिमको इनिङ्स बुने । उनले ५१ बलको सामना गरेर पाँच चौका र दुई छक्का प्रहार गरे । उनी सोमपाल कामीको बलमा बोल्ड भए ।कप्तान मोनान्क पटेल दुई रन बनाएर सोमपालकै बलमा एलबीडब्लू भएका थिए । यस्तै एन्ड्रेस गुस पनि दुई रन मात्र बनाएर रिजन ढकालको बलमा आउ

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • १७६ पटक पढिएको
  • सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले एक खेल अगावै जित्यो सिरिज

    काठमाडौं । नेपाल र अमेरिकाबीच जारी तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले सुपरओभरमा जित हासिल हात पारेको छ । निर्धारित २० ओभरको खेल समान १७० रन भएपछि सुपर ओभरमा पुगेको खेलमा नेपाल विजयी बनेको हो ।सुपर ओभरमा सोमपाल कामीले अमेरिकाका दुई ब्याटरलाइ आउट गर्दा ३ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले सहज रुपमा ४ बलमै लक्ष्य पुरा गर्दै सिरिजमा २–० को अग्रता बनाएर अन्तिम खेल अघि जित्न सफल भयो । अब नेपालले अन्तिम खेलमा भोलि प्रतिस्पर्धा गर्नेछ ।यसअघि नेपालले १७ अक्टोबरमा भएको पहिलो टी–२० खेलमा १७ रनको जित निकालेको थियो । दोस्रो टी–२० मा पहिले ब्याटिङ गरेको नेपालले अमेरि

    • प्रकाशित मितिः कार्तिक ४, २०८१
    • २५५ पटक पढिएको
  • कुशल भुर्तेलको विष्फोटक ब्याटिङमा नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

    इटहरी । टी–२० आई शृङ्खला अन्तर्गतको दोस्रो खेलमा नेपालले अमेरिका समक्ष १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ। डल्लासमा जारी दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ्ग गर्दै नेपालले निर्धारित ओभरतमा ६ विकेटको क्षतिमा १७० रन बनाएको छ ।नेपालका लागि कुशल भुर्तेलले नट आउट रहँदै सानदार पारी खेले । उनले जम्मा ५४ बलमा ९४ रन बनाए । त्यस्तै नेपालका ओपनर ब्याट्सम्यान अनिल साहले ३१ ब्लमा २५ रन बनाए भने भने गुलशन झा १९ र कप्तान रोहित पौडेलले १८ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् ।अमेरिकाका लागि जसदिप सिंह र नोसथस केनिज्गले समान २-२ विकेट लिए भने सौरभ नेत्रवालकरले १ विकेट हात पारे । आजको खेल

    • प्रकाशित मितिः कार्तिक ४, २०८१
    • १८० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल