खेलकुद

    Showing ३७१-३८० of ५७५ items.
  • नेपाल यूएईलाई पराजित गर्दै आईसीसी महिला यू-१९ टी-२० विश्वकपमा

    इटहरी - नेपाल यूएईलाई पराजित गर्दै आईसीसी महिला यू-१९ टी-२० विश्वकपमा  छनोट भएको छ।आईसीसी महिला यू-१९ टी-२० विश्वकप एशिया छनोटको आज भएको अन्तिम खेलमा यूएईले जितका लागि दिएको ८४ रनको लक्ष्य १४ ओभर ४ बलमा २ विकेटमात्र गुमाएर पूरा गर्दै एशियाबाट विश्वकपमा छनोट भएको हो।नेपाल घरेलु यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा छानिन सफल भएको हो। आईसीसी महिला टी-२० विश्वकप अर्को वर्ष मलेशियामा हुँदै छ।ओपनर साना प्रविनले ४२ बलमा १ चौका प्रहार गर्दै अविजित ३५ रन बनाइन्। उनले विजयी चौका प्रहार गरिन्। नेपाली टोलीकी उपकप्तान सोनी पाख्रिनले २० बलको सामना गरेर अविजित १३ रन बनाइन्।ओ

    • प्रकाशित मितिः कार्तिक २८, २०८१
    • २९० पटक पढिएको
  • विश्वकप लिग-२ क्रिकेटः अमेरिकासँग फेरि हार्‍यो नेपाल

    एजेन्सी । आईसीसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकासँग हारेको छ।अमेरिकाको डालसस्थित ग्रान्ड पेरी क्रिकेट रङ्गशाला सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो।यसअघि भएको पहिलो खेलमा पनि नेपाल अमेरिकासँग तीन विकेटले हारेको थियो। अमेरिकाले दिएको दुई सय ८२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४४ रनमा समेटियो।नेपालका लागि अनिल साहले सर्वाधिक ५२ रनको योगदान दिए। उनले ८० बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ५२ रन जोडेका हुन्।नेपालले ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको थियो। दोस्रो विकेटलाई अनिल र कुशल भुर्तेलले ७१ रनको साझेदारी

    • प्रकाशित मितिः कार्तिक १८, २०८१
    • २८३ पटक पढिएको
  • विश्वकप लिग २ : नेपाल आज अमेरिकासँग भिड्दै

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले आज (शनिबार) घरेलु टोली अमेरिकासँग खेल्दैछ । टेक्सासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार राति सवा नौ बजे सुरू हुनेछ ।लिग २ मा हालसम्म निरासाजनक प्रदर्शन गरे पनि यसै त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले बलियो टोली स्कटल्याण्डलाई पाँच विकेटले हराउँदै पुनः लयमा फर्किएको छ । तर, यस सिरिजको पहिलो खेलमा नेपाललाई अमेरिकाले तीन विकेटले पराजित गरेको थियो । नेपाल सोही हारको बदला लिने लक्ष्यमा हुनेछ ।यस सिरिजअघि नेपालले अमेरिकाविरुद्ध उसकै मैदानमा ३ खेलको टी–ट्वेन्टी आई सिरिज क्लिन स्विप गरेको थियो । दुई टोलीबीच हालसम्म खेलिएक

    • प्रकाशित मितिः कार्तिक १७, २०८१
    • ३७१ पटक पढिएको
  • नेपाल छैटौं पटक उपविजेतामै सीमित : बङ्गलादेश दोस्रो पटक बन्यो साफ च्याम्पियन

    इटहरी । साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि बङ्गलादेशले दोस्रो पटक जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलले पराजित गर्‍यो।खेलको ५२ औं मिनेटमा मोनिका चक्माको गोलबाट बङ्गलादेशले अग्रता लिएको थियो । त्यसको तीन मिनेटमै नेपालकी अमिशा कार्कीले ५५ औं मिनेटमा गोल फर्काएर खेल एक–एक गोलको बराबरी पुर्‍याएकी थिइन् । तर खेलको ८१ औं मिनेटमा बङ्गलादेशकी रितु पोर्ना चक्माले गोल गर्दै टोलीलाई जिताइन् ।नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टीमा ४–२ ले हराउँदै र बङ्गलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका थिए । यसअघि पाँच पटक फाइनलमा प

    • प्रकाशित मितिः कार्तिक १४, २०८१
    • ४१७ पटक पढिएको
  • नेपाल–बंगलादेश उपाधि भिडन्त : टिकट काट्न बिहानैदेखि लामो लाम

    इटहरी । साफ महिला च्याम्पियनसिपको नेपाल–बंगलादेशबीच आज (बुधबार) हुने उपाधि भिडन्त हेर्न टिकट काट्नेको बिहानदेखि भिड लागेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री गरिरहेको छ।एक जनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्ने गरी व्यवस्था मिलाइएको छ । अनलाइन टिकट खरिद बन्द गरेपछि बिहानैदेखि टिकट बिक्रीस्थलमा सर्वसाधारण लाइनमा बसेका छन् । यसअघि बुकिङ भइसकेका अनलाइन टिकटको पैसा फिर्ता गरिने एन्फाले जनाएको छ ।यसअघि एन्फाले प्रतियोगिताका लागि टिकट बिक्री जिम्मा एक कम्पनीलाई दिएको थियो

    • प्रकाशित मितिः कार्तिक १४, २०८१
    • ६४६ पटक पढिएको
  • नेपालद्वारा स्कटल्याण्ड पाँच विकेटले पराजित

    काठमाडौं । नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ श्रृङ्खलाअन्तर्गत आज सम्पन्न  एक दिवसीय खेलमा स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ ।   अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्ड ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो । स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै करन केसी, सोमपाल कामी, गुल्सन झाले २-२ विकेट तथा आरिफ शेखले एक विकेट लिए । स्कटल्याण्डका लगि मार्क वाटले ३४ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन् । स्कटल्याण्डले प्रस्तुत गरेको उक्त लक्ष्य

    • प्रकाशित मितिः कार्तिक १४, २०८१
    • ३११ पटक पढिएको
  • साफ महिला च्याम्पियनसिप : उपाधि जित्ने लक्ष्यका साथ बंगलादेशविरुद्ध मैदानमा उत्रँदै नेपाली टोली

    इटहरी । नेपाल बलियो प्रतिद्वन्द्वी बंगलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासंघ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदैछ । सन् २०१० मा बंगलादेशबाट शुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौं संस्करणको साफ च्याम्पियनसिपमा भारत पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बंलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ ।नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले विगतका गल्ती नदोहो¥याइ फाइनल खेल जसरी भए आफ्नो पक्षमा पार्ने लक्ष्य रहेको बताए । उनले भने, ‘यसअघ

    • प्रकाशित मितिः कार्तिक १४, २०८१
    • ३४१ पटक पढिएको
  • साफ फाइनलको टिकट बुधबारबाट मात्रै खुल्ने, अनलाइन बुकिङ रद्द

    इटहरी । साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट अखिल नेपाल फुटबल संघ (एन्फा) आफैले बुधबारबाट बिक्री गर्ने भएको छ । मंगलबार एन्फाले माउन्ट एभरेस्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिसँगको सम्झौता रद्द गर्दै फाइनल खेलको टिकट आफैंले बिक्री गर्ने जनाएको हो । यसअघि माउन्ट एभरेस्टले टिकट बिक्री गर्दै आएको थियो ।साफ महिला च्याम्पियनसिपका लागि माउन्ट एभरेस्टले टेन्डरमार्फत ८० लाख रुपैयाँमा टिकट बिक्रीको अधिकार पाएको थियो । एन्फाले नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि तीन ठाउँबाट टिकट बिक्री गरिने जनाएको छ । एन्फाका अनुसार भोलि (बुधबार) बिहान ८ बजेदेखि जावलाखेलस्थित खेल मैदा

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • २९० पटक पढिएको
  • नेपाल पेनाल्टी सुटआउटमा भारतलाई ४–२ ले पराजित गर्दै फाइनलमा प्रवेश

    काठमाडौं – टाईब्रेकरमा भारतलाई ४–२ गोल अन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको छ। निर्धारित समयसम्म खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।खेलको पहिलो हाफमा दुवै टोलीबीच प्रतिष्पर्धात्मक खेल देखिएको थियो। नेपालले दोस्रो हाफमा बलको पकड राम्रो बनाए पनि भारतले बराबरी गोल फर्काउँदै खेललाई रोमाञ्चक बनाएको थियो। तर पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले विजय हासिल गर्‍यो।अब उपाधिका लागि नेपालले फाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। यो जितले नेपाली फुटबल समर्थकहरूमा उत्साह थपेको छ र उपाधि जित्ने अपेक्षालाई अझ बलियो बनाएको छ।

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • ३७४ पटक पढिएको
  • नेपालका अगाडी घरेलु मैदानमा भारतलाई रोक्ने चुनौती , जित्नैपर्ने दबाबमा छ नेपाल

    काठमाडौँ । काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भारतको सामना गर्दै छ । सेमिफाइनल खेल नेपाल र भारतबीच साँझ साढे ६ बजेदेखि शुरु हुने छ ।यस पटक पनि २०२२ को साफ सेमिफाइनल दोहोरिने भएको छ । सो सेमिफाइनलमा नेपालले भारतमाथि १-० को जित निकालेको थियो । आजको खेलमा पनि नेपालले भारतमाथि घरेलु मैदानको फाइदा उठाउदै जित निकाल्ने लक्ष्यका साथ मैदानमा जाने छ ।जारी साफको समुह ए बाट बंगलादेश र भारत सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका हुन् ।बंगलादेश समुह ए मा २ खेलमा ४ अंक हासिल गर्दै समुह विजेता बनेर सेमिफाइनल खेल्ने भएको हो । बंगलादेशले पाकिस्तानसँ

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • ३९६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल