खेलकुद

    Showing ३६१-३७० of ५७५ items.
  • सुदूरपश्चिमसँग पहिलो जित खोजिरहेको विराटनगर (प्रिभ्यु)

    विराटनगर । विराटनगर किंग्सविरुद्ध खेल्दै सुदूरपश्चिम रोयल्सले मंगलबार नेपाल प्रिमियर लिग (एनपीएल) को यात्रा सुरु गर्दै छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने मंगलबारको पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ। पहिलो खेलमा जनकपुरसँग ८ विकेटले पराजित भएको विराटनगर पहिलो जितको खोजीमा मैदान उत्रिँदै छ। उता सुदूरपश्चिमले भने एनपीएलमा पहिलो खेल खेल्न लागेको हो। सुदूरपश्चिम सुखद सुरुवातको योजनामा छ।उद्घाटन खेलमा जनकपुरसँग पराजित हुँदा विराटनगरका मार्टिन गुप्टिल एनपीएलको पहिलो संस्करणमा अर्धशतक हान्ने पहिलो खेलाडी बनेका थिए। न्युजिल्यान्डका उनले ३६ बलमा अर्धशतक पूरा गरेका थिए। सन्दीप लामिछानेक

    • प्रकाशित मितिः मंसिर १८, २०८१
    • ३४१ पटक पढिएको
  • एनपिएल : आज काठमाडौँ गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै

    इटहरी । शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोजबीचमा आमनेसामने हुने छन् । यो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन् ।काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौँ गुर्खाजको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी छन् । उनीसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूको राम्रो अनुभव छ ।काठमाडौँ गुर्खाजमा करणसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका भीम सार्की र साहब आलम छन् । यस्तै यु–१९ बाट खेलेका दीपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • २५१ पटक पढिएको
  • आजदेखि सुरू भयाे ‘एनपीएल’ क्रिकेट : उदघाटन खेलमा विराटनगर र जनकपुर खेल्दै

     इटहरी । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले पनि एनपीएलले बजारमा निकै चर्चा पाएको हो । त्यसो त दुलहीझैं सिङ्गारिएको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको चर्चा पनि उत्तिकै छ । त्रिवि मैदानमा कैयौँ खेल भए तर यसपटक भने आम दर्शकका लागि ‘डिजिटल स्कोर बोर्ड’ जडान गरिएको छ ।यसले खेलाडी

    • प्रकाशित मितिः मंसिर १५, २०८१
    • २९४ पटक पढिएको
  • एनपीएल उद्घाटन खेलका सबै टिकट बिक्री

    काठमाडौं । भोलि (शनिबार) देखि काठमाडौँमा नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करण सुरू हुँदैछ। खेलको तयारी पूरा भएको र उद्घाटन खेलका लागि सबै टिकट बिक्री भइसकेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।शुक्रबार सामाजिक सञ्जालमार्फत क्यानका सचिव पारस खड्काले सीमित पूर्वाधार क्षमताका कारण पहिलो खेलका लागि टिकट र भिआइपी पास सकिएको जानकारी गराएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘क्यानले आयोजनामा हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गतको पहिलो खेलका टिकट र पास सकिएका छन् । कृपया सबैलाई समन्वय गर्न अनुरोध गर्दछौँ ।’सचिव खड्काले उद्घाटन खेलको टिकट नभएकाले टेलिभिजन वा डिजिटल प्ले

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • २०८ पटक पढिएको
  • ‘एनपिएल’ को उत्साहपूर्वक प्रतीक्षा : विश्वका खेलाडी नेपालमा

    गण्डकी ।  स्टार्टअप व्यवसायमा सक्रिय युवा निशान सापकोटा नेपाल प्रिमियर लिग (एनपिएल) पोखरा एभेन्जर्सले जितोस् भन्ने चाहन्छन् । एकातिर आफ्ना प्रिय खेलाडी कुशल भुर्तेलको कप्तानी, अर्कातिर आफ्नै भूगोलसँग जोडिएको टिम । पहिलोपटक हुन लागेको एनपिएललाई लिएर बागलुङका उनी उत्साहित छन् । ‘शनिबार हुने उद्घाटन खेलको टिकट लिइसकेको छु, सबै खेल नछुटाइ हेर्ने योजनामा छु’, उनले भने, ‘मनपर्ने खेलाडीको टिम रहेकाले पोखरा एभेन्जर्स मेरा लागि प्रतियोगिताभर विशेष रहनेछ ।’सापकोटाझैं हरेक क्रिकेटप्रेमीको ध्यान यतिखेर एनपिएलतिर छ । देशभित्र मात्र नभएर विदेशमा रहेका क्रिकेटप्रेमी पनि नेपाली क्रिकेटको यो महाकूम्भलाई व

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • ३०५ पटक पढिएको
  • विराट एक्स्पो र लगानी सम्मेलनको मिति जुध्दा निजी क्षेत्र विभाजित

    विराटनगर - विराटनगरमा आयोजना गर्न लागिएका दुई ठूला कार्यक्रम विराट एक्स्पो र अन्तर्राष्ट्रिय लगानी सम्मेलनको मिति जुध्नाले निजी क्षेत्रभित्र गम्भीर विवाद उत्पन्न भएको छ। उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिबीच सहमति विपरीत मिति परिवर्तन भएको कारण सम्बन्ध चिसिएको हो।उद्योग संगठन मोरङले यसअघि पुस ७ देखि १५ गतेसम्म विराटनगरको डिग्री क्याम्पस मैदानमा विराट एक्स्पो आयोजना गर्ने मिति तोकेको थियो। तर, संगठनले पछिल्लो समय सो मिति परिवर्तन गर्दै माघ ११ देखि २० सम्म विराट एक्स्पो गर्ने निर्णय गरेको छ। यता, नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले उक्त निर्णयप्रति आपत्ति जनाउँदै यस्तो

    • प्रकाशित मितिः मंसिर १३, २०८१
    • ३८३ पटक पढिएको
  • एनपीएलको टिकट विक्री शुरु, कुनको कति ?

    इटहरी । यही मंसिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल), क्रिकेट प्रतियोगिताका लागि टिकट बिक्री खुला गरिएको छ ।  नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूका लागि टिकटदर सार्वजनिक गरेको हो । क्यानका अनुसार मंसिर १५ गतेदेखि हुने एनपीएलको उद्घाटन खेलका लागि सामान्य टिकट ३ सय र भीआईपीका लागि ७ सय रुपैयाँ टिकट लाग्ने छ ।लिग खेलका लागि सामान्यतर्फ ३ सय र भीआईपीका लागि ५ सय रुपैयाँ तोकिएको छ । प्लेअफका खेलहरूका लागि सामान्यतर्फ ५ सय र भीआईपीतर्फ सात सय रुपैयाँ टिकट तोकिएको छ ।फाइलनका लागि सामान्यतर्फ ५ सय र भीआईपीतर्फ एक हजार रुपैयाँ टिकट तोकिएको छ । यसैगरी सिजनल पासक

    • प्रकाशित मितिः मंसिर ११, २०८१
    • ३१३ पटक पढिएको
  • विराटनगर किंग्सको जर्सी र एन्थम सार्वजनिक, सन्दीप लामिछाने पनि सहभागी

    विराटनगर, कोसी प्रदेश – एनपीएल लिगमा खेल्ने विराटनगर किंग्सले आफ्नो नयाँ जर्सी र एन्थम गीत मंगलबार साँझ विराटनगरमा आयोजित एक भव्य कार्यक्रममा सार्वजनिक गरेको छ। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित भएर जर्सी र गीतको विमोचन गरे।विराटनगर किंग्सको जर्सी पहेँलो र निलो रंगमा तयार गरिएको छ, जसले टिमको पहिचानलाई स्पष्ट बनाउँछ। जर्सीको सार्वजनिक कार्यक्रममा टिमको एन्थम गीत पनि प्रस्तुत गरिएको थियो, जुन र्‍याप शैलीमा तयार गरिएको छ। उक्त गीतको लेखन रचना भ्वाइस अफ विराटनगर किंग्स र एम्बेसडर कुशल पोखरेलले गरेका हुन्।साथै, गायिका रचना रिमाललाई टिमको फेसको रूपम

    • प्रकाशित मितिः मंसिर ५, २०८१
    • ३३९ पटक पढिएको
  • वेस्ट इन्डिजका फास्ट बलर रामोनले लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने

    सुनसरी – वेस्ट इन्डिजका तीव्र गतिका बलर रामोन सिम्नोड्सले लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । लुम्बिनीले चौथो विदेशी खेलाडीका रुपमा रामोनलाई अनुबन्ध गरेको विज्ञप्तीमार्फत जानकारी दिएको छ ।२० वर्षका तीव्र गतिका बलर रामोनले आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेट–२०२२ मा वेस्ट इन्डिजका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । रामोनले लुम्बिनीमा सामेल हुन पाउँदा आफू उत्साहित रहेको बताएका छन् ।एनपीएल यही मङ्सिर १५ देखि पुस ६ गतेसम्म काठमाण्डौमा हुँदैछ । एनपीएलको प्रत्यक्ष प्रसारण भारतको चर्चित टीभी च्यानल स्टार स्पोर्टसले गर्ने हिजो मात्रै सम्झौता भएको 

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • ३८४ पटक पढिएको
  • विश्वकपमा पुगेको यू-१९ महिला टिमका खेलाडीलाई क्यानले जनही २ लाख ५० हजार रुपैयाँ दिने

    सुनसरी - आईसीसी यू-१९ महिला टी-ट्वेन्टी विश्वकपमा पुगेको नेपाली महिला टिमका खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानले जनही २ लाख रुपैयाँ दिने भएको छ । टिम अफिसियललाई जनही डेढ लाखका दरले दिने क्यानले जनाएको छ । 

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • २५४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल