खेलकुद

    Showing ३४१-३५० of ५७५ items.
  • एपीएफको सातौं जित, प्लेअफ समीकरण पूरा

    काठमाडौ - सातदोबाटोमा एपीएफले पुलिसलाई २–० ले हराउँदै लगातार ७ खेलमा जीत दर्ता गर्‍यो। तालिकाको शीर्ष स्थानमा रहेको एपीएफले २१ अङ्क जोडेको छ।अब प्लेअफमा क्वालिफायर–१ खेल शनिवार दशरथ रङ्गशालामा एपीएफ र आर्मीबीच हुनेछ। इलिमिनेटर खेल शुक्रवार पुलिस र बाग्मतीबीच एन्फा कम्प्लेक्समा हुनेछ। फाइनल माघ १६ गते दशरथमा हुनेछ।

    • प्रकाशित मितिः माघ ७, २०८१
    • ४५४ पटक पढिएको
  • लिभरपुलको शानदार जीत, आर्सनल बराबरीमा सीमित

    एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले ब्रेन्टफोर्डलाई २–० ले पराजित गर्दै शीर्ष स्थानमा ५० अङ्क बनाएको छ।दोस्रो स्थानको आर्सनलले एस्टनभिल्लासँग २–२ गोलको बराबरी खेल्दै ४४ अङ्कमा सीमित रह्यो। एस्टनभिल्ला समान २२ खेलमा ३६ अङ्कसहित सातौँ स्थानमा छ।अन्य खेलमा बर्नमाउथले न्युक्यासललाई ४–१ ले, क्रिस्टल प्यालेसले वेस्टह्याम युनाइटेडलाई २–० ले र फुलहमले लेस्टर सिटीलाई २–० ले हराए।

    • प्रकाशित मितिः माघ ६, २०८१
    • ३५५ पटक पढिएको
  • फाल्गुनन्द गोल्डकप फाइनल : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै

    फिदिम । पाँचथरको फिदिममा जारी ११ औँ फाल्गुनन्द गोल्डकपको फाइनल खेल आज हुँदैछ । प्रतियोगितामा उपाधीका लागि चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लव प्रतिश्पर्धामा छन् ।सेमी फाइनलमा चर्च ब्वाइजले आयोजक फिदिम स्पोर्टिङ क्लव र मछिन्द्र फुटबल क्लवले ए डिभिजन न्यु रोड टिम (एनआरटि) लाई हराएको थियो । प्रतियोगिताको फाइनल खेल आज दिउँसो २ बजे सदरमुकाम फिदिमस्थित फिदिम माविको खेल मैदानमा हुने आयोजक फिदिम स्पोटिङ क्लवले जनाएको छ ।पुस ६ गते सुरु भएको प्रतियोगितामा नेपाल र भारतका १० टिमको सहभागिता थियो । प्रतियोगिताका विजेताले १० लाख ५ सय ५५ रुपियाँ र उप विजेताले ५ लाख ५ सय ५५ रुपियाँ प्राप्त गर्नेछ

    • प्रकाशित मितिः पुस १५, २०८१
    • ५७८ पटक पढिएको
  • प्रख्यात रेस्लर रे मिस्टेरियो सिनियरको निधन

    एजेन्सी । डब्लुडब्लुइ सुपरस्टार रे मिस्टेरियो जुनियरका काका तथा प्रसिद्ध मेक्सिकन रेस्लर रे मिस्टेरियो सिनियरको ६६ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारले डिसेम्बर २०, २०२४ मा यसको पुष्टि गरेको छ। परिवारले सामाजिक सञ्जालमा पोस्ट गर्दै फ्यानहरूसँग यो दुखद खबर साझा गरेका छन् ।मिस्टेरियो सिनियरले मेक्सिकोमा लुचा लिब्रेको रूपमा धेरै लोकप्रियता प्राप्त गरेका थिए। विश्व कुस्ती महासंघ र लुचा लिब्रे एएए वर्ल्डवाइड जस्ता प्रमुख संस्थाहरूसँग उनले च्याम्पियनशिपको उपाधि पनि जिते । लुचा लिब्रे एएए वर्ल्डवाइडलाई प्रायः मेक्सिकोमा डब्लुडब्लुइको समकक्षको रूपमा मानिन्छ।उनले अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो प

    • प्रकाशित मितिः पुस ७, २०८१
    • ६३७ पटक पढिएको
  • एनपीएलमा कुन खेलाडीले जिते उत्कृस्ट अवार्ड ?

    इटहरी । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को आर्कषक पुरस्कारको रूपमा रहेकोे कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले प्राप्त गरेका छन् ।नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने कप्तान ऐरी पहिलो खेलाडी बनेका हुन् ।एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका ऐरीले ‘इलेक्ट्रिक फाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै करिब रु ६२ लाख मूल्य पर्ने ओमोडा ‘इ’ फाइभ डिएलएक्स कार प्राप्त गरेका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान), ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले संयुक्त रूपमा एपीएलमा उत्कृष्ट प्रदर्शन खेलाडीलाई कार प्रदान गर्ने निर्णय गरेका थिए । ऐरीको कप्तानीमा रहेको सुदू

    • प्रकाशित मितिः पुस ६, २०८१
    • ४०७ पटक पढिएको
  • एनपीएल पहिलो सँस्करण सकीयाे : च्याम्पियन बन्दै जनकपुरले जित्यो एक करोड १० लाख

    इटहरी । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो सँस्करणको च्याम्पियन बन्दै जनकपुर बोल्ट्सले एक करोड १० लाख रुपैयाँ पाएकाे छ । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जनकपुरका कप्तान अनिल साह र आजको खेलका कप्तान आसिफ शेखलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।त्यस्तै दोस्रो हुँदै सुदूपश्चिम रोयल्सले ५१ लाख, तेस्रो हुँदै कर्णाली याक्सले २५ लाख र चौथो हुँदै १५ लाख जितेको हो । त्यस्तै च्याम्पियन ट्रफी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदान गरेका थिए ।कसले के–के उपाधि जिते ?फेयर प्लेको अवार्ड –लुम्बिनी लायन्ससर्वोत्कृष्ट खेलाडी – सैफ

    • प्रकाशित मितिः पुस ६, २०८१
    • ४९९ पटक पढिएको
  • एनपीएलको फाइनल आज : सुदूरपश्चिम र जनकपुरमा कस्ले मार्ने बाजी ?

    इटहरी डेस्क । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि भिडन्त सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच शनिबार त्रिवि क्रिकेट मैदानमा हुँदैछ । त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजेदेखि सुरू हुनेछ ।प्रतियोगिताको दोस्रो क्‍वालिफायरमा जनकपुरले कर्णाली याक्सलाई दुई विकेटले हराएर फाइनल स्थान पक्का गरेको थियो । पहिलो प्लेअफमा सुदूरपश्चिमले जनकपुरमाथि आठ विकेट जित निकाली अन्तिम दुई स्थान सुरुमा पक्का गरेको थियो ।यी दुईलाई सुरुदेखि नै उत्कृष्ट टिम मानिँदै आएको थियो । त्यसैले फाइनल पूर्णतः रोमाञ्चक, सनसनीपूर्ण र प्रतिस्पर्धात्मक हुने अनुमान छ । उपाधि जित्ने टिमले १ करोड १० लाख रुपैयाँ हात

    • प्रकाशित मितिः पुस ६, २०८१
    • २४५ पटक पढिएको
  • हङकङविरुद्धको एक दिवसीय श्रृंखला नेपालद्वारा ‘क्लिन स्वीप’

    इटहरी । हङकङविरुद्धको यू–१९ एक दिवसीय क्रिकेट श्रृंखला नेपालले ‘क्लिन स्वीप’ गरेको छ । मुलपानी क्रिकेट मैदानमा आज (शुक्रबार) तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा हङकङलाई १३० रनले पराजित गर्दै नेपालले श्रृंखलामा क्लिन स्वीप गरेको हो ।नेपालले दिएको २६६ रनको लक्ष्य पछ्याएको हङकङले पूरै ओभरमा ९ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो । पहिलो खेलमा नेपाल ३ विकेट र दोस्रोमा २२६ रनले विजयी भएको थियो ।

    • प्रकाशित मितिः पुस ५, २०८१
    • २२५ पटक पढिएको
  • एनपीएलमा आज दोस्रो क्वालिफायर खेल, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै

    इटहरी । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज (बिहीबार) जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल मध्यान्ह १२ बजे सुरु हुनेछ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित भएपछि जनकपुरले दोस्रो क्वालिफायर खेल्न लाएको हो। यता कर्णालीले भने एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो। कर्णाली तेस्रो र चितवन चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका थिए। एलिमिनेटरबाटै बाहिरिएको चितवनले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ। एनपीएल उपाधि विजेताले एक करोड १० लाख तथा उपविजेताले ५१ लाख रुपैया

    • प्रकाशित मितिः पुस ४, २०८१
    • २५६ पटक पढिएको
  • एनपीएल : कर्णालीलाई हराउँदै सुदूरपश्चिम शीर्ष स्थानमा

    इटहरी । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेको छ। कर्णालीले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा ४ विकेट गुमाएर १०५ रन बनाएको हो ।सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ३८, सैफ जेव ११, विनोद भण्डारी ४, ब्राण्डन म्याकमुलेन तीन रन बनाएर आउट भए । कर्णालीका लागि कप्तान सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले समान एकऔएक विकेट लिए । टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले सबै विकेट गुमाएर १०१ रन बनाएको थियो ।कर्णालीका लागि जिसन मक्सुद ३०, विलियम बसिस्टो १६, बाबर हायात १३, चाडविक वाल्टनज ११, सोमपाल कामी ११, देव खनाल सात, गुलशन झा दु

    • प्रकाशित मितिः पुस १, २०८१
    • ३०९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल