इटहरी– इटहरीको राजस्व ढाटस्थित पारसअटोमोबाइल, जगदम्बा मोटर्सको आधिकारिक बिक्रेताद्वारा ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला भव्य रूपमा सुरु गरिएको छ।
जेठ १० गतेदेखि १५ गतेसम्म सञ्चालन हुने उक्त मेलामा ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएस सवारी सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।
नयाँ वर्षलाई लक्षित गर्दै आयोजना गरिएको यस मेलामा आकर्षक सुविधा सार्वजनिक गरिएको छ। योजनाअन्तर्गत ५ वर्षसम्म निःशुल्क पेट्रोल, दैनिक अधिकतम ५ लाख रुपैयाँसम्म नगद छुट, न्यूनतम डाउन पेमेन्ट तथा सहज फाइनान्स सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

त्यसैगरी, नागरिकता र सवारी चालक अनुमतिपत्रका आधारमा छिटो फाइनान्स प्रक्रिया पूरा गरिने व्यवस्था मिलाइएको छ। मेलाअवधिभर सवारी खरिद गर्ने ग्राहकलाई निःशुल्क हेल्मेटसमेत प्रदान गरिनेछ।
कम्पनीका अनुसार न्यूनतम मासिक किस्ताबन्दी (ईएमआई) मार्फत पनि सवारी खरिद गर्न सकिने भएकाले यो मेला नयाँ सवारी खरिद गर्न चाहने ग्राहकका लागि सहज, किफायती र आकर्षक अवसर बनेको छ।


















