खाँदबारीः सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमास्थित फोक्टेमा गएको पहिरोमा परी २ सयभन्दा बढी भेडा पुरिएका छन् ।

प्रहरीका अनुसार दलबहादुर गुरुङको भेडीगोठ बगाउँदा पुरिएका २५० भेडामध्ये ३२ वटा जीवितै फेला परेका छन् । बाँकी २१८ भेडा पुरिएर बेपत्ता भएका हुन् ।

सो घटनामा भेडा गोठाला २० वर्षीय झलक गुरुङ घाइते भएका छन् । अर्का गोठाला कमल गुरुङ सकुशल रहेको प्रहरीले जनाएको छ ।