काठमाडौं । आफू निरन्तर सम्पर्कमा रहेको जनाउँदै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको जानकारी गराएका छन् ।
सुरक्षाको कारण देखाउँदै उनीहरूको उपचार भइरहेको स्थानबारे अहिलेसम्म केही जानकारी गराइएको छैन । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा खड्काले पनि देउवा दम्पत्तिको उपचार कहाँ भइरहेको छ भन्नेबारे भने केही खुलाएनन् ।
गत २४ भदौमा जेन जीले गरेको प्रदर्शनका क्रममा बुढानीलकण्ठस्थित निवासमै देउवा दम्पत्तिमाथि कुटपिट भएको थियो ।


















