इटहरी । जेन जी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै इटहरी– १२ स्थित खनारको रेडकक्रस भवनमा संयुक्त पार्टी परित्याग कार्यक्रमको आयोजना गरी सुनसरीका ३ दर्जन अगुवा कार्यकर्ता तथा नेताले पार्टी परित्यागको घोषणा गरेका छन् ।


सो कार्यक्रममा जेन जी आन्दोलनलाई भौतिक तथा नैतिक समर्थन रहेको पार्टीका इटहरी नगर कमिटी अध्यक्ष शेषकराम थानदारले बताउनुभयो । पार्टी जनताप्रति बफदार नदेखिएको उहाँले पार्टी परित्याग गरेका नेता तथा कार्यकर्ता अहिले कुनै पनि पार्टीमा सामेल नहुने बताउनुभयो । 


पार्टीले जनता तथा कार्यकर्ताको मनोभावनाअनुसार काम नगरेको  र सत्तामोहमा केन्द्रित भएकोे पार्टी परित्याग गर्नेहरुले बताएका छन् ।