इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई विधान विपरीत पदबाट हटाइएको भन्दै तीन जना पदाधिकारीहरुले पुनर्स्थापित गर्न पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराएका छन्।

वरिष्ठ नेता उपाध्यक्ष विकक्रम पाण्डे, महामन्त्रीद्वय धवलशमशेर राणा र कुन्तीकुमारी शाहले अध्यक्ष राजेन्द्र लिङ्देनलाई स्पष्टकीकरणको मौका समेत नदिइ गिरीलाई पदमुक्त गर्ने कुरा प्रजातान्त्रिक छविमा आँच ल्याउने स्वेच्छाचारिता भएको उनीहरुले उल्लेख गरेका छन् ।

‘जीवनको उर्जाशील समय पार्टी हितमा व्यथित गरेर गत एकता महाधिवेशन र महाधिवेशनयता महत्वपूर्ण भूमिका र जिम्मेवारी निर्वाह गर्नु हुने नेता मुकुन्द श्याम गिरीलाई विधान विपरीत पदमुक्त गर्ने गल्ती सच्याएर, देशभरीका पार्टीका साथीहरुको भावना समेत मध्यनजर गरेर उहाँलाई पुर्ववत् पदमा कायम राख्न पार्टी नेतृत्वको ध्यानाकर्षण गर्दछौं’, संयुक्त अपीलमा भनिएको छ । गिरीलाई शुक्रबार अध्यक्ष लिङ्देनलाई उपाध्यक्षबाट बर्खास्त गरेका थिए ।